विमान चालकले विमानको सबैकुरा यात्रुहरुलाई बताउँदैनन् । कुनै एउटा इन्जिन खराबी भएपनि विमान सजिलोसँग अवतरण गर्न सक्छ तर यो कुरा पाइलटले कहिल्यै यात्रुलाई जानकारी दिँदैनन् । किनभने जब सामान्य कमजोरी यात्रुले थाहा पाउँछन् उनीहरुमा डरको भावना अत्याधिक हुन्छ भनेरै यसो गरिएको हो । पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्।
प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ। यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ। फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देशन ध्यानसंग सुन्नु। हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्।यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।