ऎसेलु घारी को कथा

सानो छदा घर भन्दा पछाडी रहेको डाडा म ऎसेलु खान खुबै गइन्थ्यो ।अलिक ठुलो भय पछी पन्चासे ट्रेकिङ रुट मा पर्ने अलिक माथि लेक तिर होस वा फेवाताल को बगर मा होस निकै ऎसेलु खाइयो ।फेवाताल को बगर अनी छेउ मा ठुला ठुला ऎसेलु का रुख छन निकै ऎसेलु फल्ने, दिनभरी फेवाताल को छेउ मा पौडियो, अनी ऎसेलु खायो । पौडाइ को थकान अनी थाकेको बेला ऎसेलु ले दिने नशा, त्यो ठाडो उकालो बाटो । रक्सी खायको मान्छेको जस्तो हालत हुन्थ्यो ।ति बालापन का दिन सम्झदा एकान्तमा हास्न मन लाग्छ ।त्यती बेला बालापन मा रहर ले आँफै खान को लागि एसेलु टिपियो, कसले कती वटा गेडा खायो प्रतिस्पर्धा मा टिपियो, आफु फुच्चे, टिप्न नसके आफु भन्दा ठुला दाई दिदी सग मागेर पनि खाइयो । त्यती बेला के थाहा कुनै दिन जिन्दगी को नियती नै ऎसेलु टिप्ने बन्छ भनेर ।

समय को गोलचक्कर ले सुन्दर भबिस्यको कल्पनामा पोर्तुगल ल्यायर छोडिदियो । अनी पोर्तुगल मा जिउन को लागी, युरोप सपना पुरा गर्न को लागी जे र जस्तो सुकै काम पनि गर्नै पर्दो रहेछ ।कहिले ओलिभ को जङ्गल ,कहिले स्ट्रबेरी, कहिले अङ्गुर बारी हुँदै यती बेला सपनाको जहाज ऎसेलु घारी मा अडियको छ ।

“टिप्दा टिप्दै जंगल मा ऎसेलु

जोबन खेर जाने भो बैसालु “

दाजु कृष्ण लामिछाने को यो गीत ले भने जस्तै म अनी अरु हजारौ आप्रबासी कामदार हरु एती बेला एसेलु सगै आफ्नो पसिना, सपना, बैस अनी जिन्दगी साटिरहेका छन ।

२०१७ को मार्च महिनामा ऎसेलु मा काम खोज्न को लागी धेरै मालिक का खेत अनी एजेन्सी का दैलो चाहारियो । बहुत मुस्किल ले फारो भन्ने ठाउँमा ऎसेलु टिप्ने सौभाग्य मिल्यो । नेपाल मा त ऎसेलु को रुख मै हुर्कियो तर बिदेशी एसेलु देख्न मन उताउलो हुँदै थियो । एक जना दाजु ले मलाई भन्नु भयको थियो ”बराल भाई पोर्तुगल मा टिक्ने र बिक्ने हो भने ऎसेलु मा भबिस्य राम्रो छ, कुनै हालत मा बेस्ट पिकर बन्नु पर्छ, दाम र काम दुबै पाईन्छ” । ऎसेलु बारीमा घोडा जसरी दौडनु पर्छ, तार्गेट हुन्छ । धेरै टिपे बोनस अनी टिप्न नसके काम बाट निकाली दिन्छ भन्ने आश अनी त्रास कि बिच एसेलु मा म लगायत केही अरु नयाँ साथी ले डेब्यु गर्यौ ।सुरु को दिन कौतुहलता अनी नयाँ जोस का साथ काम सुरु गरियो ।

काम गर्दै जादा बिस्तारै ऎसेलु बारी रमाइलो लाग्दै जान थाल्यो । काम, त्यहाको दौडधुप, प्रतिस्पर्धा त छदै छ, त्यहा भित्र भेटियका पात्र र प्रब्रित्ती अनी तिनिहरुका अन्तरङ्ग कथा कती मार्मिक, कती रोचक, अनी उदेकलाग्दा पनि छन । कसैलाई थोरै टिपेर काम बाट नीस्किन्छु कि भन्ने पिर, कोहिलाई धेरै टिपेर बोनस पाउनको चटारो, कती लाई सधैं को हातारो । कोही रेसिडेन्सी कार्ड भयका, कोही सपरिवार यतै भयका, कोही फिङ्गर दियर बसेका, कोही मार्कासाउ कुरेर बसेका, कोही सेफ बाट कन्ट्री आउट पायर बसेका, कोही 123 बाट फिङ्गर दियर सेफ को डिसिजन कुरेर बसेका ।

कोही स्टुडेन्ट भिसामा अरु मुलुक आयर पछी पोर्तुगल आयका, कोही सेन्जेन भिषा लगायर आयका, कोही युके बाट लहरी चढेर आयका त कोही टर्की, जर्जिया अफ्रिका जस्ता मुलुक बाट पैदल, डुङ्गा अनी रेल हुँदै लामो कस्टकर यात्रा पार गरेर आयका । कोही सेफ मा गयर फिङ्गरप्रिन्ट दियर खुशी हुँदै आएका कोही कन्ट्रीआउट पायर त कोही सेफ ले मार्कासाउ को डेट सारीदियर निरास भयर आयका खुशी अनी निरास दुबै चेहेरा देख्न पाइन्थ्यो । पोर्तुगल आयर सबै कागजी प्रकृया पुरा गरेर लामो समय देखी सेफ को डेट कुरेर बसेका साथी हरुको सेफ ले कुनै दिन त पक्कै डेट देला अनी ढिलो चाडो फिङ्गरप्रिन्ट गरेर कार्ड कसो हात नपर्ला भनेर लियको आशा देख्दा लाग्छ जिन्दगीमा धैर्यता भन्दा अर्को ठुलो परिक्षा केही छैन ।

कोही नेपाल बाट २० लाख खर्चेर आयका, कोही ७/ ८ लाख खर्चेका भने कोही आफन्तले स्पोन्सर गरेर सामान्य खर्चमा मात्र आयका । कोही परिवार र सन्तान को भबिस्य को लागि यता आयका त कोही रेसिडेन्सी कार्ड बनाएर नेपाल गयर बिहे गरेर श्रीमती यतै ल्याउने योजना मा युरोप आयका । कोही नेपाल पैसा नपठाय पनि हुने कोही नेपाल जहान परिवार लाई पैसा पठाउनै पर्ने बाध्यता भयका । नायक देखी खलनायक, गायक देखी पत्रकार, नेपाल का ब्यबसायी, लेक्चर देखी लियर शिक्षक सम्म, प्रहरी देखी नेपाल मा म डन थिय भन्ने सम्म का सबै भेटिय एसेलु घारिमा ।

म भन्दा जान्ने सुन्ने कोही छैन भन्ने पनि भेटिय ऎसेलु घारिमा,

दुनियाँ म एक्लै ले धानेको छु भन्ने जस्तो ठान्ने पनि भेटिय, आफुलाई निकै शभ्य र खान्दानी ठान्ने अरुलाई भुसुनो देख्ने पनि भेटिय एसेलु घारिमा । साथीको लागी ज्यान दिने पनि भेटिय दुनियाँको पैसा खायर रुवाउने पनि भेटिय एसेलु घारिमा । एसेलु जस्तै गुलिया अनी पाती जस्तै तिता, फुल जस्तै कोमल मन भयका अनी ऎसेलु को काडा भन्दा पनि घोच्ने सहयात्रि भेटिय ऎसेलु घारिमा । ऎसेलु घारिमा पनि बिचित्र को आफ्नै संसार छ, आफ्नै गती सगै सपनाको संसार भेट्न आँखामा टाप लगायर एकोहोरो गन्तब्य तिर अनबरत यत्रामा दौडिदै गरेका हजारौ म जस्तै सहयात्री । त्यसैले त मलाई किन किन आजकल आफ्नै घर पछाडी को ऎसेलु घारी भन्दा बिदेसी को ऎसेलु घारी प्रिय अनी आफ्नै लाग्न थालेको छ । नेपाल को ऎसेलु घारी सग अतित गासियको छ भने यहाँको ऎसेलु घारी सग भबिस्य । त्यसैले त म काडाको प्रबाह नगरी बेप्रबाह गतिमा ऎसेलु टिप्दै छु एक जना मित्र को शब्द सापटी लियर भन्दा ” हर्केको देशमा ” ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार