रनवेमा साढे तीन टन सुनको बर्षा

(एजेन्सी) : रुसको एउटा विमानस्थल गत साता सुनका बिस्कुटले ढाकेर पहेँलपुर भयो। रुसको याकुत्स्क शहरमा रहेको विमानस्थलको रनवे यसरी सुनले पहेँलपुर भएको हो।

सुन लादिएको एउटा विमानले सोही विमानस्थलको रनवेबाट उडान भर्न लागेको थियो। विमानले ‘टेकअफ’ गर्ने बेलामा प्राविधिक गडबडी भएर विमानका ढोका खुल्न गई लादिएका सुनका बिस्कुट रनवेभरि छरिन पुगेका थिए।

निम्बस एयरलाइन्सको सो विमानमा साढे नौ टन सुन र अन्य बहुमूल्य धातु लादिएका थिए। बहुमूल्य धातुको भारका कारण विमानको ढोकामा लगाइएको चुकुल खुस्किन पुग्यो र विमानबाट रनवेमा सुन खस्यो।

विमानबाट साढे तीन टन सुन रनवेमा खसेको र सबै सुन बटुलिएको रुसको गृह मन्त्रालयले जनाएको छ।घटनामा कुनै प्रकारको मानवीय अथवा आर्थिक क्षति हुन नपाएको समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार