१ करोड धरौटीले छुटायो चुडामणि शर्मालाई , २१ अर्व रुपैयाँ हिनामिनाको गरेको आरोप

२१ अर्व रुपैयाँ हिनामिनाको आरोप लागेका चुडामणि शर्मालाई

 
आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा अदालतमा हाजिर हुँदै धरौटीमा छुटेका छन् । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटबाट छुटकारा दिएपछि विशेष अदालतलाई अटेर गर्दै आएका शर्मा अन्तत्ः धरौटीमा छुटेका हुन् ।

विशेष अदालतले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी माग गरेको थियो । शर्माले रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि धरौटीमा रिहा भएका हुन् । तर, कर फछ्र्यौट आयोगका अन्य दुई सदस्य धरौटीमा धुनामा गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका हुन् ।

न्यायाधिशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी माग्ने आदेश गरेको हो । पदमा रहेका बेला राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई कार्यालयबाटै जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेको समयमा शर्माले २१ अर्व रुपैयाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको आरोप लागेकाले अख्तियार आयोगले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार