बि.स.२०७४ मंसिर १२ गते । मंगलबार । ईश्वी सन् २०१७ नोभेम्बर २८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि दशमी ५७ घडी ४८ पला । नक्षत्र पुर्वाभाद्रपदा,१६ घडी ३२ पला, दिउसो १ बजेर १३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग बज्र ३७ घडि ३२ पला,रातको ९ बजेर ३२ मिनेट उप्रान्त सिद्धि । करण तैतिल,साझ ५ बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा काण योग । चन्द्रराशि कुम्भ,बिहान ७ बजेर ०५ मिनेट उप्रान्त मिन ।
पञ्चक। कीर्तिपुरमा इन्द्रायणी यात्रा। सर्वार्थसिद्धि योग दिउसो १:१३ बजे प्रारम्भ।
काठमाडौंमा सूर्योदय ६ बजेर ३६ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०६ मिनेट जादा । दिनमान २६ घडी १६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ ।
शुभ अंक — १,७
शुभ दिशा — पुर्व
शुभ रंग — गुलाबी
कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ ।
शुभ अंक — २,५
शुभ दिशा — उत्तर
शुभ रंग — खरानि
कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकाश हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
शुभ अंक — ३,९
शुभ दिशा — पुर्व
शुभ रंग — हरियो
कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
शुभ अंक — १,४
शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो
कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ ।
शुभ अंक — १,६
शुभ दिशा — पुर्व
शुभ रंग — कफि
कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आर्थिक रुपमा सम्पन्न हुँन चालिएका प्रयासहरु बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।
शुभ अंक — २,६
शुभ दिशा — पक्षिण
शुभ रंग — हरियो
कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।
शुभ अंक — १,४
शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि
कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।
शुभ अंक — २,८
शुभ दिशा — दक्षिण
शुभ रंग — कफि
कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ ।
शुभ अंक — ३,९
शुभ दिशा — पश्चिम
शुभ रंग — पहेलो
कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित बिषयमा सहभागि नहुँनु होला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।
शुभ अंक — २,४
शुभ दिशा — उत्तर
शुभ रंग — हरियो
कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ ।
शुभ अंक — २,५
शुभ दिशा — पश्चिम
शुभ रंग — निलो
कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
शुभ अंक — ३,४
शुभ दिशा — उत्तर
शुभ रंग — सुन्तला
कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
२०७४-मंसिर-१२ गते प्रकाशित