पतिशोकले पनि रोक्न सकेन बिना र सिर्जनाको चुनावी अभियानमा – यसरी गर्दैछन् प्रचार-प्रसार

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुबेको परिवार अहिले सामान्य अवस्थामा फर्किने प्रयासमा छ ।

पतिशोकमा रहेका प्रचण्डका दुई बुहारी अहिले चुनावी अभियानमा देखिन थालेका छन् । जेठी बुहारी सिर्जना त्रिपाठी कास्कीको चुनावी अभियानमा सक्रिय छन् भने बिना कञ्चनपुरमा ।

शनिबार वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरामा आयोजना गरेको सभाको मञ्चमा सिर्जनाको पनि सहभागीता थियो ।

चुनावी अभियानमा सहभागि हुन् सिर्जना शुक्रबारमात्र पुगेकी पोखरा पुगेकी थिईन् । पोखरा आइपुगेकी सिर्जना कास्की–३ को चुनाव प्रचार अभियानमा छिन् ।

यो क्षेत्रमा वामगठबन्धनको तर्फबाट एमालेका जगत विश्वकर्मा प्रतिनिधिसभा उम्मेदवार छन् ।

यता बिना मगर मसिंर २१ गते हुने प्रतिनिधिसभा कञ्चनपुर क्षेत्र नम्बर एककी उम्मेदवार हुन् । पतिशोकमा रहेपनि उनी आफ्नो चुनावी प्रचार प्रसारमा छिन् ।

बिनाले आफ्नो निर्वाचन क्षेत्रमा पुगेपछि विज्ञप्ती जारी गर्दै पुनःचुनावी प्रचारप्रसारमा सहभागि भएको बताएकी छन् !

निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा आफ्ना लागि ठूलो चोट भएपनि पीडालाई सम्हाल्दै चुनावमा होमिनु कठिन छ जारी विज्ञप्तीमा उल्लेख छ ।

उनले राष्ट्रलाई नयाँ समृद्ध युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस भएको भन्दै चुनावी अभियानमा सहभागि भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ –हामीलाई धैर्यधारण गर्न र शोकलाई शक्तिमा बदल्न यहाँहरूले दिनुभएको साथ र सहानुभूतिका लागि म ऋणी छु । यो कठिन घडीमा मेरो अनुपस्थितिमा पनि क्षेत्र नम्बर १ को निर्वाचनको प्रचारप्रसारलाई अझैं गति दिन अहोरात्र जनतासँग खटिएर हिँड्नुहुने सम्पूर्णलाई कृतज्ञता र धन्यवाद प्रकट गर्दछु ।’

बिनाले कन्चपुरलाई समृद्ध रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताएकी छन् । ‘यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईहरूमाझ फर्किएकी छु ।’ विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार