बेलायतका प्रिन्स विलियम्स र उनकी श्रीमती केट मिडलटन आजकाल अहिले पोल्यान्डको यात्रामा छन् । योक्रममा रोयल कपल हिटलरले बनाएका यातना शिविर पनि पुगेका छन् । रोयल कपलले उक्त क्याम्पलाई युद्धको सबैभन्दा पीडादायी याद बताए ।
स्मरण रहोस्, सन् १९३३ मा जर्मनीका सत्तामा आसिन एडोल्फ हिटलरले त्यहाँ एक जातिवादी साम्राज्यसमेत बनाएका थिए । यहुदीका लागि हिटलरको यो घृणा होलोकास्टको रूपमा सार्वजनिक भयो । यहुदीलाई समाप्त गर्ने सिलसिला पोल्यान्डमा खोलिएको अशविच कन्सन्ट्रेसन क्याम्पबाट सुरु भएको बताइन्छ ।
पोल्यान्डको यो क्याम्पमा धर्म, जाति, विचारधारा र शारीरिक कमजोरीको नाममा लाखौं मानिसलाई ग्याँस च्याम्बरमा पठाइन्थ्यो । अनि यहूदी, राजनीतिक विरोधी, रोगी र समलिंगीहरुबाट जबर्जस्ती काम लिइन्थ्यो ।
त्यत्ति मात्रै हैन, क्याम्पलाई यसरी बनाइएको थियो कि त्यहाँबाट भाग्न असम्भवप्रायः थियो । वृद्धवृद्धा र रोगीलाई ग्याँस च्याम्बरमार्फत् मृत्यु दिइन्थ्यो ।
इतिहासअनुसार क्याम्पमा चार चिहान थिए, जहाँ हरेक दिन ४ हजार ७ सय शव जलाउन सकिन्थ्यो । जो ग्याँस चेम्बरबाट बच्थे, उनीहरूले काम गर्नुपथ्र्यो ।
अशविच क्याम्पनजिकै औद्योगिक क्षेत्र थियो । व्यापारी बन्दीहरूलाई त्यहाँ काम गराउन ल्याइन्थ्यो ।
के थियो होलोकास्ट ?
होलोकास्ट इतिहासको त्यो नरसंहार थियो, जसमा ६ वर्षमा ६० लाख यहूदीको हत्या गरिएको थियो ।यसमा बच्चाको संख्या मात्र १५ लाख थियो । थुप्रै यहूदी आफ्नो ज्यान बचाएर देश छोडेर भाग्न सफल भए । कोहीको भने कन्सन्ट्रेसन क्याम्पमा क्रूरताका लागि तड्पिएर मृत्यु भयो ।
स्वतन्त्र हुने बेलासम्म मारिएका थिए ११ लाख मानिस
सन् १९४५ जनवरी २७ तारिखमा सोभियत रेड आर्मीद्वारा स्वतन्त्र गराउने बेलासम्म अशविच क्याम्पमा ११ लाखको मृत्यु भइसकेको थियो । क्याम्पमा बचेका करिब ७ हजारलाई रिहासमेत गरिएको थियो ।
मृत शरिरलाइ अमानवीय व्यवहार गरिन्थ्यो