बुढा विदेश भएको बेला २ वर्षिय छोरीको हत्या गरि पोखरीमा फालेपछि..

बारा | सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरमा दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो ।

घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो ।

उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् ।

प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नेजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् ।

पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार