किन केटाहरु रात परेपछि ठमेल जान्छन् ? यस्तो रहेछ ठमेलको भित्री रहस्य ! भिडियो सहित
व्यापार, मनोरञ्जन र यौनले रङिगएको ठमेलको ईतिहास अनौठो छ । पहिले भगवतीवहाल वरिपरिको क्षेत्रलाई मात्रा ठमेल भनिन्थ्यो तर अहिले ठमेलले ठहिटी क्षेत्रपाटी पकनाजोल सरस्वती क्याम्पास क्षेत्रसहित त्रिदेवीमार्गदेखी सामाखुसीतर्फको गल्कोपाखा हुदै सोह्रखुट्टे भाग ओेगटेको छ ।
बिक्रम सम्वत २०५०/५१ मा गठन भएको ठमेल पर्यटन बिकास समितीले त्यतीबेला ठमेल व्यवस्थापनको बृहत योजन सहित सक्रियता बढायो । तर त्यो योजनाले खासै प्रभाव पारेन ठमेलका एक बृद्ध झोछेकाजी श्रेष्ठ पुरानो ठमेल र अहिलेको ठमेल हेर्दा सपनादेखेजस्तो लाग्ने बताउछन । १९६० को दशक शुरु हुँदा हिप्पीहरु मरुहिटोल आएपछि ठमेलले बिस्तृत स्वरुप लिन थालेको जानाकारहरु बताउँछन ।
भगवतीवहालको वरिपरिको क्षेत्रमा धेरैपछिसम्म सुँगुर पाल्ने भएकाले नेपाल घुम्ने पर्यटकहरुले त्यतीबेला खिचेको फोटमा पिंगगल्ली भनेर लेखेको भेटिन्छ । अहिले सबैभन्दाबढि धुम्रपान, मध्यपान र लागुऔसधको सेवन हुने ठाँउको रुपमा चिनिने ठमेलमा १९६० ताका प्रवेश गरेका हिप्पिहरुले स्थानियलाई गाँजा तान्न सिकाएको स्थानिय बुढापाकाको भनाई छ । जुनबेला गाँजा खान चाहानेहरुका लागी निशुल्क सामुहिक
रुपमा गाँजा बाडिने गरेको समेत बताए । तिनै हिप्पीहरु नै नेपालमा पैसा खर्चगर्ने गरि आउने पहिला पर्यटकहरु हुन ।