रहस्यनै रहस्यले भरिएको कैलाश पर्वत, स्वर्ग झैँ लाग्ने कैलाश पर्वत,जहाँ भगवान शिब बस्छन् !

कैलाश पर्वत विश्वभरिका हिन्दु -बौद्ध धर्मावलम्बीहरुको श्रद्धा र आस्था सँग जोडिएको छ। पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भएपनी कैलाश पर्वतको छुट्टै धार्मिक महत्व छ।

पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए । आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ । मेरु, सुमेरु, सुसुम्ना, हेमाद्री, देवागण आदि पर्वतहरुले सुसुजित यस पवित्र स्थल मात्र नभएर प्राकृतिकछटाको भण्डार पनि हो । यस पवित्रस्थल हिन्दुहरुको मात्र नभएर वौद्ध, जैन, सिख, आदि धर्मावलम्वीहरुको पनि तपोभूमि हो ।

पवित्र धार्मिक स्थलमा हजारौं धार्मिक पर्यटकहरु पुग्ने गर्छन्। यो ठाउँ धार्मिक महत्व बोकेको मात्रै होइन,अत्यन्त मनमोहक र सुन्दर ठाउँ पनि हो।
कैलाश पर्वतको टुप्पोमा आजसम्म कोहि पनि पुग्न सकेको छैन। कैलाश पर्वतलाई विश्वको सबैभन्दा रहस्यमयी पर्वत पनि मानिन्छ। कैलाश पर्वतमा शिव भगवान आज पनि आफ्ना परिवारसँग विराजमान छन् भन्ने धार्मिक मान्यता रहेको छ।
दुँनियाको सबैभन्दा पवित्र पर्वत मानिने यस पर्वतसँग जोडिएका केहि कुराहरु अद्भुत छन्। यी मध्ये केहि सुन्दै आइरहेको र केहि नसुनिएको कुराहरु छन्। केहि अचम्मका कुराहरु आँखाले देखिएका छन् भने केहि रहस्यका कुराहरु वैज्ञानिकले समेत पुष्टि गरेका छन्।


कैलाश पर्वतको उचाई विश्वको सबैभन्दा अग्लो पर्वत ‘सगरमाथा’ भन्दा लगभग दुई हजार २ सय मिटर कम रहेको छ।
समुन्द्र सतह देखी बाइस हजार ६८ फिट उचाईमा रहेको छ। यो पर्वत चीनको तिब्बतमा रहेको छ यसलाई आकाश र धर्तिको सम्बन्धको विन्दु पनि मानिन्छ।
कैलाश पर्वतको महत्व यसको उचाईसँग भन्दापनि यसको बिशेष आकारसँग रहेको छ। यसको चौमुखे आकार दिशा बताउने कम्पासको चार बिन्दु झैँ मानिन्छ।
कैलाश पर्वतबाट चार महान् नदीहरु उत्पन्न भएका छन्। ति नदिहरु हुन्- सतलुज,सिन्धु,ब्रम्हपुत्र र घाघरा। कैलाश पर्वतलाई धर्तिको केन्द्रविन्दु मानिन्छ। यहाँ दिशा सुचक (कम्पास) ले पनि सहि तरिकाले काम गर्दैन।
विश्वको अन्य ठाउँहरु भन्दा कैलाश पर्वतमा समय सबैभन्दा छिटो बित्छ। यसको कारण अहिसेसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्।
कैलाश पर्वतमा रहेको मानसरोवर ताल जुन विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको शुद्ध पानीको सबैभन्दा ठूलो ताल समेत हो।यो ३२० बर्गकिलो मिटरको क्षेत्रमा फैलिएको छ।
कैलाश पर्वतमा अर्को राक्षस ताल पनि रहेको छ। सतलुज नदी राक्षसताल बाट शुरु भएको छ। पवित्र मानसरोवर नजिकै रहेर पनि यो ताल हिन्दु र बौद्ध धर्मावलम्वीहरुको लागी पूजनिय र पवित्र मानिदैन।रावणले यहि तालको किनारमा भगवान शिवको कठोर तपस्या गरेर बरदान पाएका थिए र यो ताललाई रावण ताल पनि भनिन्छ।

पुराणमा मानसरोवर ताललाई नै ‘चिर सागर’ भनिएको हो।मानसरोवर ताल कैलाश पर्वत भन्दा चालीस किलोमिटर टाडाको दुरीमा रहेको छ। यो ताल शेषनाग र भगवान बिष्णुको बासस्थान हो भन्ने धार्मिक मान्यता छ।यस ठाउँमा प्रकाश तरंग र ध्वनी तरंगको अद्भुत समागम हुन्छ,जसबाट ॐ ध्वनी प्रकट हुन्छ।
गर्मी महिनामा जब मानसरोवरको हिउँ पग्लेर बग्न थाल्छ तब डमरु बजेको आवाज सुनिन्छ भन्ने धार्मिक विश्वाश छ।
मानसरोवर तालमा डुबेर कसैको मृत्यु भएमा त्यो मानिस सिधैं रुद्र लोकमा प्रस्थान गर्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ।
मानसरोवर तालमा स्नान गर्ने सबैभन्दा उपयूक्त समय बिहान ३ बजेदेखी पाँच बजेसम्मको हो।यो समयमा देवताहरु पनि यहाँ स्नान गर्न आउछन् भन्ने विश्वास गरिन्छ। कैलाश पर्वत आफ्नो स्थिती बदलिरहन्छ।कैलाशको उच्च भागको आकृती विराट शिवलिंगको जस्तै छ। जहाँ बर्षैभरी हिउले ढाकिएको हुन्छ।
थुप्रै कोसिश गर्दा पनि यसको शिखरमा अहिलेसम्म कोहि पनि पर्वतारोही पुग्न सकेको छैनन्। ११ औं शताव्दीमा एक तिव्वती बौद्ध योगीले कैलाश पर्वतको शिखरमा पुगेको विश्वास गरिन्छ। तर यो अपवादको रुपमा रहेको छ।
२० औं शताव्दीमा पश्चिमा देशका अनैकौ पर्वतारोहिहरु कैलाश पर्वतमा चढ्ने कोसिश गरेका थिए तर कोहि पनि सफल हुन सकेनन्।
कैलाश पर्वत चढ्ने कोसिश गरेका पर्वतारोहिहरुको फरक – फरक अनुभव रहेको छ। कसैले पर्वतारोहण गर्न लाग्दा बेगले आधी आएको त कसैको मुटु दुखेको र केहिले सहि बाटो जाँदाजादै बाटो भुलेको र केहिले बाटै गाएब भएको बताए।
कैलाश पर्वतको बारेमा नसुल्झिएको रहस्य देखेर चीन सरकारले सन् २००१ मा कैलाश पर्वत चढ्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।
पानाखबर बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार