वि.सं. २०७४ साल मंसिर ११ गते सोमबारको खगोल चक्र,आज जन्मने बच्चाको नाम के हुन्छ ?

वि.सं. २०७४ साल मंसिर ११ गते सोमबार, चान्द्रमान अनुसार मंसिर शुक्ल पक्षको नवमी तिथि, शतभिषा नक्षत्र, हर्षण योग, बालव करण, आनन्दादी योगमा अमृत योग, चन्द्रमा कुम्भ राशिमा , सूर्योदय बिहान ६ः३५ बजे, सूर्यास्त बेलुका ५ः०७ मा
आज धनगढीमा दुर्गाजाँत तथा डोटी पोखरीजाँत र पांगा वैष्णवदेवी यात्रा गरिन्छ ।

सूर्योदय देखि सूर्योदय सम्म
आज बिहान ६ः१९ बजेदेखि मध्यान्ह १२ः३२ सम्म शतभिषा ४ सु , सुशिल, सुशिला
मध्यान्ह १२ः३३ देखि बेलुका ६ः४६ सम्म पूर्वभाद्र १ से, शेषनाथ, सेवन्तिका
बेलुका ६ः४७ देखि रात्री १२ः५० सम्म पूर्वभाद्र २ सो,
रात्री १२ः५१ देखि भोली बिहान ७ः०१ सम्म पूर्वभाद्र ३ द÷दा दशरथ, दमयन्ती
यी नामहरु काठमाण्डौ जिल्लाको समयलाई आधार मानेर तयार पारिएको हुनाले अन्य क्षेत्रमा जन्मिएका बालबालिकाहरुको नाम मा भने केही तल माथि हुन सक्नेछ ।
आज विशेष कामकाज तथा टाढाको यात्राको लागि पश्चिम तर्फ केही पाइला चालेर अघि बढ्नु राम्रो हुनेछ ।


राहुकाल ः— बिहान ७ः३० देखि ९ः०० सम्म

सुनफा योग
यी विविध विषयहरुको प्रस्तुति पछि हामी ज्योतिष शास्त्रसँग संवन्धित विषयहरुको चर्चा तर्फ लागौँ । ज्योतिष शास्त्रहरुका अनुसार हरेक प्राणीको जीवनमा सुख र दुःख दिने मूल कारण भनेको नै ग्रहहरु हुन् ।
ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैः व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम् ।।
अर्थात् हरेक प्राणीको जीवनमा हरेक प्रकारका सुख र दुःख ग्रहहरुले नै दिने भएकाले ग्रहहरु यो संपूर्ण चराचर जगतमा व्याप्त भएर रहेका छन् । यीनै ग्रहहरुले सौरमण्डलमा बनाउने योगहरुलाई कुण्डलीमा उतारेर मानिसको शुभ र अशुभ घटना तथा फलादेशहरु तयार गर्ने गरिन्छ । यी विविध योगहरु मध्ये ज्योतिष शास्त्रमा सुनफा योगको बारेमा वर्णन गरिएको छ ।
मानिसको जन्म कुण्डलीमा चन्द्रमा देखि दोस्रो स्थानमा सूर्य बाहेक ५ ग्रहहरु बसेको अवस्थामा सुनफा योग निर्माण हुने गर्दछ । सुनफा योगलाई ज्योतिष शास्त्रमा शुभ योगको रुपमा उल्लेख गरिएको छ । यस योगमा जन्म भएका मानिस राजा समान शक्तिशाली हुने मानिन्छ । हरेक प्रकारका धन संपत्तिले युक्त हुन्छन् भने आफ्नो प्रसिद्धि संसारभर फैलाउने गर्दछन् । कसैको भर नपरी आफ्नै पौरखले प्रशस्त धन संपत्ति कमाउँछन् । धार्मिक स्वभावका पनि हुने भएकाले आफ्नो हैसियतले भ्याएसम्म अरुको उपकार गर्ने गर्दछन् । शारिरिक रुपमा पनि सुन्दर हुने यिनीहरुको स्वभाव प्रायः शान्त हुने गर्दछ । आफ्नै बुद्धि र निर्णय अनुसार गरेको काममा सफलता पनि प्राप्त गर्दछन् । कुण्डलीमा चन्द्रमा देखि दोश्रो स्थानमा मंगल, बुध, बृहस्पति, शुक्र र शनि ग्रह बसेको अवस्थामा सुनफा योग निर्माण हुने गर्दछ ।
मंगल ग्रहले सुनफा योग बनाएमा सारावली ग्रन्थका अनुसार मानिस पराक्रमी र धनी हुने गर्दछन् भनेर बताएको पाइन्छ । बोलीचाली निकै कठोर हुने गर्दछ । मंगल ग्रहको प्रभावले उग्र, हिंस्रक र अरुको विरोध गर्न रचाउने स्वभावको हुन्छन् ।
चन्द्रमा देखि दोश्रो स्थानमा बुध ग्रह बसेर सुनफा योग निर्माण भएमा मानिस धार्मिक शास्त्र र संगीत विद्यामा दक्ष हुने गर्दछन् । धर्ममा रुचि भएको कविता र काव्यहरुमा पनि शोख राख्ने गर्दछन् । अरुको मनको कुरा बुझ्ने, सबैको कल्याण चाहने र मिलनसार स्वभावका हुने गर्दछन् । शरिर आकर्षक हुन्छ भन्ने कुरा सारावली ग्रन्थमा बताइएको छ ।
चन्द्रमा देखि दाश्रो स्थानमा बृहस्पति बसेको अवस्थामा पनि सुनफा योग निर्माण हुन्छ । यसरी सुनफा योग निर्माण भएमा मानिस सबै शास्त्रहरुमा पारङ्गत र प्रसिद्ध हुन्छ । आफ्नो योग्यताले सबैको प्रिय बन्न सक्दछ सरकारको तर्फबाट पनि सहयोग पाउँदछ । सुन्दर र आफ्नो शिल स्वभावले परिवार र धन संपत्तिले पनि पूर्ण हुन्छ भन्ने ज्यातिष शास्त्रको मान्यता रहेको छ ।
यसैगरि कुण्डलीमा चन्द्रमा देखि दोश्रो स्थानमा शुक्र बसेर सुनफा योग निर्माण भएमा मानिस जीवनसाथी, धन संपत्ति, पशु चौपाया हरुले संपन्न हुने गर्दछ । शारिरिक रुपले सुन्दर हुनुका साथै पराक्रमी पनि हुन्छन् । यस्ता मानिसहरुको जीवनमा ठूला ठूला
सम्मानहरु हुने गर्दछन् । धैर्यताले नै आफ्नो काममा सफलता पाउने गर्छन् भने भौतिक सुख सुविधाहरु प्रशस्त मिल्ने गर्दछ ।
यदी चन्द्रमा देखि दोश्रो स्थानमा शनि ग्रह बसेर यो योग निर्माण भएको छ भने मानिस चलाख हुन्छ । शनिले बलियो अवस्थामा यो योग बनाएमा शहर तथा गाउँ सबै स्थानका मानिसले उसको आवश्यकता महशुस गर्दछन् । सबै कार्य गर्न सक्ने सामथ्र्य भएका यिनीहरु धैर्यतालाई जीवनमा कायम राखि राख्दछन् भन्ने सारावली लगायतका ज्योतिषिय ग्रन्थहरुमा बताइएको छ ।

पं. बलराम उपाध्याय खकुरेल्
ज्योतिष तथा पुराण वाचक
गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र
बालाजू, बाइपास, काठमाण्डौ
९८५१२४४३९४

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार