लिस्बोन, पोर्तुगल । बिदेशमा नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मन्च पोर्तुगलको कार्यसमितिको बिस्तारित बैठक मन्चका अध्यक्ष गोबिन्द पौडेलको अध्यक्षतामा सम्पन्न भयो । बैठक नोभेम्बर २५ तारीख लिस्बोनमा भएको थियो ।
नेपालमा दुई चरणमा सम्पन्न हुन गएको प्रतिनिधि र प्रदेश सभा चुनावमा बामपन्थी गठबन्धनलाई पुर्ण बहुमतकासाथ बिजयका लागि शुभकामना व्यक्त गर्दै स्थायी सरकार गठन , समृद्धि र बिकासका लागि प्रवासमा रहेका नेपालीहरुले आआफ्नो ठाउँबाट यथासक्य सहयोगको भुमिका निभाउने बारेमा ब्यापक छलफल भएको थियो ।
विभिन्न कारणहरुबाट मंच रिक्त हुन आएका पदहरुमा बैठकले सर्वसम्मतिले उपाध्यक्ष तुलसीराम थपलिया, महासचिव राजकुमार थापा, सचिवमा सरला तिमिल्सिना र कोषाध्यक्ष राजाराम लामिछाने लाई चयन गरेको छ।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पार्टी एकता संयोजन समितिका सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” का सुपुत्र प्रकाश दाहालको अप्रत्याशित र असामयिक निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा प्रवासी नेपाली मन्च पोर्तुगललाई अझ ससक्त र प्रभावकारी बनाउदै प्रवासी नेपाली समुदायको आवाज बुलन्द गर्ने बिषयमा मन्चका वरिष्ठ उपाध्यक्ष रोबर्ट लिम्बू , गोविन्द सापकोटा , बलराम पौडेल, निराजन सुवेदी लगायत बैठकमा सहभागी अधिकांसले मन्तव्य र सुझावहरु राखेका थिए ।