म्याग्दीमा नक्कली नोटको बिगबिगी,मतदाता खरिदमा पनि नक्कली नोटको प्रयोग

मुलुक निर्वाचनमा व्यस्त रहेको वखत म्याग्दीमा भने नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेका छन् । एकहप्ताको अन्र्तरालमा बैंक तथा वित्तीय संस्था, किराना पसल लगायत दैनिक कारोबार हुने पसलमा छ्यापछ्याप्तीरुपमा नक्कली नोट भेटिन थालेका छन् । नक्कली नोटको प्रयोग मतदाता खरिदलगायतका काममा समेत प्रयोग भएको अनुमान गरिएको छ ।

म्याग्दी सदरमुकाम बेनीस्थित तीनवटा सहकारीका ग्राहक, बजार प्रतिनिधि,ठुला वित्तीय संस्थाका बन्डलमा समेत नक्कली नोट देखिन थालेपछि बेनीमा गिरोह सक्रिय रहेको अनुमान गरिएको हो । बजारमा बढी भिडभाड हुने र धेरै जनासँग एकैसाथ कारोबार हुने ब्यस्त ठाउँहरूमा नक्कली नोटको प्रयोग देखिएको छ । बेनीमा ठुलो मात्रामा नक्कली नोट भित्रिएको अनुमान गरिएको छ । विगतमा जस्तै दशैंतिहार आसपासको समयमा देखिएको नक्कलीनोट जुवाको खाल, हाटबजार, मजदुरलाई ज्याला दिँदा,गाउँघरमा खसी–बोका खरिद, लागुऔषधको कारोबारी, निर्वाचनमा मतदाताको मत खरिद लगायत विभिन्न माध्यमबाट जिल्लामा भित्रिएको हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । नेपालको अर्थतन्त्रलाई अस्तब्यस्त र अपराधिक गिरोहको सक्रियता बढ्ने भएकाले पनि नोटका बारेमा सबै सचेत र सजग हुनुपर्ने अवस्था आएको छ ।

वित्तीय संस्थामा पुगेको नक्कली नोट पहिचान नहुदाँ कर्मचारीले आफ्नो पकेटबाट भरपाई तिर्ने गरेका छन् । विगतमा भारतीय नक्कली नोटको भित्रिने गरेपनि नयाँ नोट परिवर्तन भएपछि भारतीय रोकिएर नेपालीको कारोबारमा गिरोह सक्रिय हुनसक्ने भन्दै अनुमान गरिन थालेका छन् ।

नक्कली नोटमा नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लाली गुराँसको पानीछाप अस्पष्ट देखिन्छ । त्यस्तै नोटमा प्रयोग गरिएको सुरक्षाको धागो समेत समेत नक्कली नोटमा देखिदैन् । सक्कली नोटको कागजस्तरीय, अली खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । सामाजिक सञ्जालमा भेटिएका नक्कली नोट पोष्ट गर्ने गरेपनि प्रहरीले अनुसन्धानमा अपेक्षा गरे अनुसार सहयोग नपाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार