काठमाडौं,- सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लागत संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।