पूर्वसभामुखदेखि गृहमन्त्रीसम्मले मतदान गरे

प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरण अन्तर्गत आज विहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा पूर्वसभामुखदेखि निर्वतमान गृहमन्त्रीसम्मले मतदान गरेका छन्।

पूर्वसभामुख ओनसरी घर्ती मगर दम्पतिले रोल्पा नगरपालिका–७ माडिचौरबाट मतदान गरेका छन्। त्यहाँ माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिलो मत हालेका छन्। नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन्।


मतदान पछि नेता पुनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।रोल्पामा कडा सुरक्षा व्यवस्थाका बीच मतदान भइरहेको छ।
माओवादीका अर्का नेता नाराणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट विहान ७ः २५ मा मतदान गरेका छन्।

त्यस्तै निर्वतमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि मतदान गरेका छन्। रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन्।

त्यस्तै माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार