नारायणकाजीले मत खसालेको फोटो भाइरल तर बाबुरामको पत्तो छैन !

नारायणकाजि श्रेष्ठले मतदान गरिसकेपछि सामजिक संजालमा फोटो यत्रा तत्र भेटिन थालेको छ तर बाबुराम भट्टराइले मतदान गरे या नगरेको थाहा नभयपछि श्रेष्ठको फोटोमा कमेन्ट गरेर बाबुराम दाइले भोट हालेकी हालेनन् भन्दै प्रश्न गरिरहेका छन् ।

लोकतान्त्रिक गठवन्धनका तर्फर्बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बाम गठवन्धनबाट माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठ चुनावमा भिड्ने भएपछि सबैको ध्यान यतिबेला गोरखा २ मा केन्ऽित भएको छ ।


यस क्षेत्रमा सुरक्षा सम्वेदनशीलता बढी भएकाले बिशेष सुरक्षा रणनीति अपनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

‘हेभीवेट’ उम्मेदवारहरु भिड्ने भएपछि अहिले गोरखा क्षेत्र नम्बर २ मा सबैको चासो बनेको छ । आइतबारको मतदानमा सहभागी हुन डा. भट्टराई र श्रेष्ठ आ-आफ्नो क्षेत्रमा पुगिसकेका छन् ।

निर्वाचनका लागि गोरखामा २१३ मतदानस्थल र २८२ मतदान केन्ऽ निर्धारण गरिएको छ । यीमध्ये ६८ मतदान स्थल अति सम्वेदनशील, ११३ सम्वेदनशील र १२ वटामात्रै सामान्य रहेका छन् ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । एउटा मतदानस्थलमा एक देखि तीनवटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आग्रह गरेका छन् ।

गोरखामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् ।

माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जौबारी मतदान केन्द्रबाट आइतबार बिहान मतदान गर्नेछन् । त्यसैगरी डा. बाबुरामले आइतबार बिहान साढे ८ बजे पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गर्दैछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार