लेखेरै राख्ने भए नि राख्नुहोस काँग्रेसको विजयलाई कसैले कुनै शक्ति ले रोक्न सक्दैन् हाम्रो जित पक्का छ

नवलपरासी, – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।


उनले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन काँग्रेसलाई मतदान गर्न आग्रह गरे।

वामपन्थीे जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले काँग्रेस जनतालाई मालिक बनाउने पार्टी हो भने ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाए ।

नेता पौडेलले भने, “यस देशमा शान्ति र विकास नेपाली काँग्रेसले मात्र ल्याउनसक्छ । २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको काँग्रेसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिशिचत ग¥यो तर अहिलेको समयमा वामगबठन्धनले यस देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार