मोबाइलमा घन्टौ नबस्नुस् यसले क्यान्सरको जोखिम उच्च हुन्छ

रिया भण्डारी,
मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुँच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन ।

तर पछिल्लो समय मोबाइलमा घन्टौ समय बिताउने युवापुस्तामा विभन्न स्वास्थ्य समस्या देखा पर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।

मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ । चिकित्सकहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । त्यसैले मोबाइलको व्यवस्थित प्रयोग तर्फ ध्यान दिन ढिला भैसकेको छ । मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले क्यान्सरको जोखिम बढाउछ यो जोखिमबाट बच्न निम्न कुरामा ध्यान दिउ ।

राति सुत्दा मोबाइललाई करिव १.८ मीटर पर राख्नुस् वा स्वीच अफ गर्नुस्
मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् जस्ले त्यसको एन्टिना तपाइदेखि पर होस् ।
मोबाइलल फोन कुरा गर्दा कानमा स्पर्स नगरी पर राखेर कुरा गर्नुस् कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।
धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडिएसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहँुदा रेडिएसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।
पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको अविकसित मस्तिष्कमा रेडिएसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन् कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडि मोवाइलको अव्यवस्थित प्रयोग हो ।
फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललार्ई मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार