मीरा राईको “सेड्युल”

विश्वास खड्काथोकी काठमाडाैं
मीरा राई विश्वले चिनेको धाबिका हुन् । विश्वमा हुने थुप्रै प्रतिस्पर्धामा भाग लिएर आफूलाई अब्बल साबित गरेकी मीराले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम पनि गरेकी छिन् । उनै मीरा राईको दैनिकीबारे विश्वास खड्काथोकीले तयार पारेको सामग्री:

-मीरा राई बिहानको ५ बजे उठिसक्छिन् । दैनिकी म्यानेज गर्नका लागि पनि उनी बिहानै उठ्नुपर्छ ।

-बिहानको नित्यकर्म सकेपछि उनी कम्तीमा एक घन्टा दौडन्छिन् र स्विमिङ गर्छिन् । अनि, ब्रेकफास्ट लिन्छिन् । ब्रेकफास्टमा विशेषगरी चना, अन्डा लिन्छिन् ।

-त्यसपछि उनी ट्रेनिङमा निस्कन्छिन् । उनले दौडन चाहने जुनकुनै उमेरसमूहका लागि पनि ट्रेनिङ गराउँछिन् र आफू पनि उनीहरूसँगै दौडन्छिन् ।

-धावक–धाविका बन्न चाहानेहरूलाई प्रोत्साहन गर्नका लागि उनले ‘फ्रेल रनिङ नेपाल’ नामक मासिक प्रतिस्पर्धा पनि गराउने गर्छिन् । त्यसैले उनलाई दैनिक ट्रेनिङ गराउन आवश्यक छ ।

-दिनको ११ देखि १२ बजेसम्ममा उनले लन्च गरिसक्छिन् । कहिलेकाहीँ मुड आएको खण्डमा त्यसपछि पनि दौडमा निस्कन्छिन् । प्रायः ह्वाइट गुम्बा, शिवपुरीलगायत क्षेत्रमा उनी दौडन पुग्छिन् । भन्छिन्, ‘प्रायः म चार–पाँच घन्टा दौडने गर्छु ।’

-खानापछि उनले नियमित रूपमा अंग्रेजी क्लास लिन्छिन् । भन्छिन्, ‘सबै कुरा सिक्दै छु ।’

-दिनकै समयमा उनले रक क्लाइम्बिङलगायतका ट्रेनिङ पनि लिन्छिन् ।

-भेटघाट, विभिन्न कार्यक्रम र आफूले सञ्चालन गरेको संस्थालाई पनि उनले दिउँसोकै समय दिन्छिन् ।

-उनले शारीरिक सरसफाइबाहेक मेकअपलाई ध्यान दिँदिनन् । यतिसम्म कि कुनै क्रिमसमेत प्रयोग गर्दिनन् । भन्छिन्, ‘म सिम्पल छु । पार्लर जानेजस्तो काम कहिल्यै गरेकी छैन ।’

-उनको दिउँसो खाजा खाने बानी छैन । लन्चपछि एकैचोटि डिनर गर्छिन् ।

-बिहान होस् या बेलुकीको नै किन नहोस्, खानामा उनको प्रायः दाल, भात, तरकारी हुन्छ । प्रोटिनयुक्त दालले दौडन सघाउने उनको भनाइ छ । भन्छिन्, ‘दाल, भात, तरकारी खायो दौडियो ।’ दौडनका लागि सघाउ पुग्ने भएकाले मीरा केराको बढी प्रयोग गर्छिन् । सिजनेबल तरकारी पनि खाइरहन्छिन् । मासु पनि उनको प्रिय खाना हो ।

-साँझको ८ बजे उनले खान खाइसक्छिन् । र, त्यसपछिको समय अध्ययनलाई दिन्छिन् ।

-रातको १० बजे सुत्ने उनको बानी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार