गोरखा २ को मत सर्वेक्षणमा ८० प्रतिशत बाबुरामको पक्षमा !

गोरखा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नदिकिदै जॉंदा देशमा चुनावी चहल पहल बढ्दो छ । निर्वाचनमा मत आफ्नो पक्षमा पार्न यतिवेला उम्मेद्वारहरू घरदैलो अभियानसंगै मतदातालाई आकर्षित गर्न विभिन्न अभियानमा सक्रिय छन् ।

यस्तै ‘हेवी वेट’ प्रतिस्पर्धाले चर्चा पाएको गोरखामा पनि चुनावी गर्मी तिव्रगतिमा बढिरहेको छ । बहुतर्चित गोरखा २ मा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा प्रतिद्वन्द्वी छन्।

सर्वाधिक चर्चामा रहेको गोरखा २ को मत सर्वेक्षणमा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार डा. बाबुराम भट्टराईको पक्षमा ७६.९२ प्रतिशत मत प्राप्त भएको छ । गोरखा जिल्लाको सुलिकोट गाउँपालिका क्षेत्रलाई आधार बनाएर गरिएको सर्वेक्षणमा प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठको पक्षमा भने १९.२५ प्रतिशत मत प्राप्त भएको छ भने ३.८३ प्रतिशत मत भने तथस्ट तथा अन्यको पक्षमा छन् ।

सुलिकोट डट कमको फेसबुक पेज मार्फत गरेको सर्बेक्षणमा २ हजार ६ सय मत प्राप्त भएको थियो जसमा डा. बाबुराम भट्टराईको पक्षमा १ हजार लाईक र १ हजार कमेन्ट प्रप्त भएको थियो भने नारायणकाजी श्रेष्ठको पक्षमा २५८ लभ रियाक्ट छ भने ३ सय कमेन्ट प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार