आफ्ना आफन्तलाई गुमाउनु कसैका लागि पनि प्रिय र सजिलो कुरा होइन । आफन्त मर्दा शोक मनाउनु स्वभाविक हो । तर यो दुनियामा यस्तो ठाउँ पनि छ जहाँ मान्छे मर्दा शोक होइन खुसी मनाइन्छ ।
इण्डोनेसियाको दक्षिण सुलेवासी प्रान्तमा बस्ने टोराजा आदिवासी समुदायले मान्छे मर्दा खुसीको उत्सव मनाउँछन् । यहाँ दुख व्यक्त गर्ने तरिका तथा ठाउँ विल्कुल उल्टो छ ।
यो समुदायका मानिसहरुले आफ्नो मान्छेहरुलाई यतिधेरै प्रेम गर्दछन् की मृत्युपछि पनि अलग गर्न सक्दैनन् । मरिसकेका मानिसहरुलाई पनि ज्यूँदो नै मान्दछन् । मरेका मानिसलाई पनि ज्यूँदो मानिसलाई जस्तै गरी व्यवहार गर्दछन् । लासलाई सामान्य मानिसलाई जस्तै गरी लुगाफाटो लगाइदिने, सिंगार्ने तथा लाससँग फोटो समेत खिच्ने गर्दछन् । साथै यसका लागि विशेष समारोहको आयोजना पनि गरिन्छ ।
आमरुपमा मृत्युपछि अन्तिम संस्कार गरिन्छ । तर यो समुदायका मानिस मृत्युपछि पनि शवलाई शव मान्दैनन् । शव परिवारको एक हिस्सा रहिरहन्छ । शवलाई घरमा ठीक उसैगरी राखिन्छ जसरी व्यक्ति मृत्युअघि रहन्छ । मृतकको लासलाई बिरामी व्यक्ति मानिन्छ र त्यस्तै व्यवहार गरिन्छ ।
लासलाई चिहानबाट वर्षको एकपटक बाहिर निकालिन्छ । सजावट गराएर विशेष उत्सव मनाइन्छ । यस्तो वार्षिक उत्सवलाई मानेने भनिन्छ । लास राख्नको लागि ढुंगामा विशेष खालको प्वाल खोपिएको हुन्छ । जहाँ लास सुरक्षित रुपमा राखिन्छ ।