(मुडुला कार्की सेवा समाज द्वारा कैलाली जिल्ला निवासी पीडित अन्तराम कार्की लाई आर्थिक सहयोग प्रदान)

जिल्ला कैलाली चुरेगाउँपालिका वाडन•६अन्तरगत गिथडा गाउँ निवासी श्री ललित बहादुर कार्की को नाति श्री रोहित कार्की ज्युको छोरा बर्ष १७ का कक्षा १० मा अध्यनरत अन्तराम कार्की लाई यही मिति २०७४ साल कार्तिक १७गते का दिन श्री धौलापहरु प्राथमिक बिधालय गिथडा कैलालीको दुईकोठे भवन निर्माणको क्रममा श्रमदान गरिरहेको बेला अचानक ढुङ्गाले शरीरको अभिन्न अंग टाउकोमा गम्भीर चोट लागि कैलाली जिल्ला को धनगढी स्थित सेती अञ्चल अस्पतालमा भर्नागरी चेकजाँच गर्दा उपचार हुन असंम्भव भएर नेपालगञ्जमेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरि उक्तअस्पतालमापनि उपचार असम्भव भएपछी एम्बुलेन्समा भारतको लखनउ स्थित इरम हस्पिटलमा भर्ना गरिएको हो।

डाक्टर को सल्लाह अनुसार लामो समय सम्म आइसियुकक्षमा राख्नु पर्ने र टाउकाको सल्यक्रीया गर्नुपर्ने स्थिति आएपछि आफुसँग भएको आर्थिक रकमको अभावमा १७ बर्षिय छोराको ज्यान जोखिम अबस्थामा रहेको कारण श्री रोहित कार्की ज्युबाट मुडुला कार्की सेवा समाज केन्द्रिय कार्यालय काठमाण्डौ कोटेश्वर को कार्यलयमा आफ्नो समस्या दर्शाइ निवेदन गरिए लगत्तै संस्थाको कार्यसमितिको आपतकालीन बैठक बसि आर्थिक संकलन गरि पीडितलाई मलमपट्टी लगाउने निर्णय गरि देश तथा बिदेशी भुमिलाइ कर्मथलो बनाई कार्यरत सम्पुर्ण मुडुला कार्की बन्धुहरुलाई जानकारी गरि भाइबन्धुको पीडामा सहयोग गर्ने उदेश्यका साथ देश तथा बिदेश रहेका सम्पुर्ण मुडुला कार्कीहरुको सक्रियतामा आर्थिक संकलन गरि निज पीडित अन्तराम कार्की लाई बचाउ अभियान स्वरुप जम्मा आर्थिक सहयोग रकम रु ७२०००/- बिरामीको आमालाई कैलाली जिल्ला निवासी वयोवृद्ध हजुर बुवा श्री अम्बर ब कार्किको हातबाट रकम हस्तान्तरण गरिएको छ। मुडुला कार्की सेवा समाज उक्त घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

आगामी दिनहरुमा पनि संस्कार र सस्कृतिको जगेर्ना गर्दै आफ्ना ईतिहास खोजी गरि यसैगरी दु:खमा मलम लगाउने कार्यका साथ अगाडि बढ्ने कुराको जानकारी यस संस्थाको अध्यक्ष अम्बिका कार्किले बताइन् ।

आर्थिक सहयोग हस्तान्तरण लगतै पीडित अन्तराम कार्की का बुवा श्री रोहित कार्की ज्यु बाट राहत महसुस गर्दै आफ्नो छोरा मृत्युसंग लडिरहेको यस् घडिमा सहयोग पुर्याउनु हुने सम्पुर्ण मुडुला कार्की दाजुभाइ तथा दिदिबहिनी प्रती हार्दिक कृतज्ञता प्रकट गर्दै यस संस्था र सहयोगी हातहरु प्रती सदा ऋणिरहने भनेर धन्यवाद प्रकटका साथमा संस्थाको उत्तरोत्तर प्रगतिको काममा व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार