तपाईँको खाना खाने तरिका कस्तो छ ? जमिनमा पलेटी कसेर वा डाइनिङ टेबुलमा बसेर ? विकास हुँदै जाँदा हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । प्राय हामी अहिले डाइनिङ टेबुलमा बसेर आनन्दसँग चम्चाको प्रयोग गर्दै खाना खाने गर्छौ । हाम्रो पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् । पक्कै पनि पलेटी कसेर बस्दा हामी योगाशनमा बसिरहेका हुन्छौँ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू पनि बताउँछन् । जमिनमा पलेटी कसेर खाना खाँदा यस्ता फाइदाहरु छन्
– जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
– सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
– यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ
– जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
– यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
– यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछ ।