घाउ, खत र दाग भएकाहरुले ध्यान दिनुपर्ने कुराहरु

जलेको घाउ निको भएपछि, घाउ परसिएपछि वा शल्यक्रिया गरिएपछि एक किसिमको चिन्ह, दाग वा खत छालामा रहिरहन्छ । साधारण तवरबाट घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत जहाँ चोट लागेर क्षति पुगेको छ, त्यहीँ देखिन्छ ।

घाउको खत वा दागको कसरी पहिचान गर्ने ?
 घाउको खत वा दागको रङ्ग रातोबाट हल्का बैजनी हुन्छ ।
 घाउको खत वा दाग चिलाउने हुन्छ ।
 घाउको खत वा दाग अलिकति पलाएको वा छालाको सतह भन्दा माथि उठेको हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु
यदि घाउको खत वा दागको समयमै उचित व्यवस्थापक गरिएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो खत वा दाग बन्छ । जुन पीडादायक हुन्छ र घाउ लागेको अंगको सामन्य चाललाई सीमित बनाइदिन्छ ।

पलाएको वा उठेका घाउको खत वा दाग
घाउ निको हुने क्रममा घाउको सामान्य तन्तु रहेको ठाउँमा नयाँ पलाइको तन्तुको बाक्लो तहको वृद्वि हुँदै जान्छ । समान्यतया चोकपटक लागेको एकदेखि तीन महिनाको अवधिमा घाउमा तन्तुको बाक्लो तह वृद्वि भई खत वा दाग पलाई छालाको सतह भन्दा माथि उठ्न थाल्दछ ।

घाउको खत वा दाग पलाएको कसरी थाहा पाउने ?
 घाउको खत वा दाग रहेको ठाउँ थोरै अथवा धेरै कालो हुदै जान्छ ।
 छालाको बनोट खस्रो र एकै सतहमा नमिलेर अग्लो होचो हुन्छ ।
 असहज र अफ्ठ्यारो महसुस हुने अथवा दुख्ने हुन्छ ।
 घाउ लागेको भाग चलाउन गाह्रो हुन्छ ।
 घाउ लागेको ठाउँ वा अंग धेरै प्रयोग नहुने अर्थात् नचलाउने भएकोले प्रभावित क्षेत्र पातलो देखिन्छ र कमजोर हुन्छ ।

कसरी रोकथाम कसरी गर्ने
 बास्ना नआउने साबुनले छालालाई राम्ररी सफा गर्ने
 छालालाई पूर्ण रुपमा सुख्खा राख्ने
 घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने
 घामबाट बच्न सुरक्षात्मक कपडा र टोपी लगाउने
 घाउको खत वा दागलाई ओसिलो चिसो, नरम राख्ने

मालिस गर्ने
 साधारण नरिवलको तेल दिनमा ३ देखि ४ पटक लगाउने
 घाउ पुरिन थालेपछि मालिस गर्न थाल्ने
 घाउमा तेल पूरा र समान मात्रामा दल्ने
 घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने
 घाउको खत वा दागमाथि बुढी औँला र औँलाहरुको गड्डा बनाई तीनैतिरबाट मालिस गर्ने
१ गोलो
घडिको चाल विपरीत मालिस गर्ने
२ ठाडो
तल र माथिबाट मालिस गर्ने
३ समानान्तर
एक भागबाट अर्को भागमा समानान्तर रुपले मालिस गर्ने
अठ्याउने, पकड्ने र बटार्ने
घाउको खत वा दाग परेको भागलाई आफ्नो बुढी औला र चोर औलाले पकड्ने र बटार्ने

प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग
घाउको खत वा दाग परेको भागमा प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग गर्दा शरीरको साधारण स्वरुप बन्न्मा मद्दत गर्छ र असाधारण खत वा दाग पलाउन, यसलाई सतह माथि उठेन दिँदैन र कुरुप बन्न रोक्दछ ।
जलेको चोटमा प्रेसर गार्मेन्टस वा ब्याण्डेजको प्रयोग २ वर्ष सम्म गर्नुपर्दछ ।
ध्यान दिनुपर्ने कुराहरु
नेपालमा प्रेसर गार्मेन्टस सजिलै पाउन सकिन्न त्यसैले प्रेसर गार्मेन्टसको सट्टामा क्रेप ब्यान्डेजको प्रयोग गर्न सकिन्छ ।

आँखा वरिपरिको घाउको खत वा दाग
क्रिम या तेल निरन्तर रुपमा आँखा वरिपरि लगाउने र त्यसपछि वारम्वार आँखा बन्द र खोल्ने, आँखाको नानीले चारैतिर हेर्ने र घुमाउने प्रयास गर्ने
ध्यान दिनुपर्ने कुरा
आँखामा तेल पर्न नदिने

मुख र आँखाको खत वा दाग
 ओठको भ्यास्लिन र ग्लिसिरिन वा नरिवलको तेल लगाएर नरम र ओसिलो बनाइराख्ने
 अनुहारका मांसपेशीहरुलाई दिउँसो पति सक्दो त्यति चलाई राख्न कोशिस गर्ने
 परिवारका सदस्य, साथीहरु व्यक्तिसित कुराकानी गर्ने
 गीत वा भजन गाउने
 नियमित रुपमा अमला, छुर्पी वा च्युइङगम चपाइरहने
 एबीसीडी जस्ता अक्षरहरु चिनिरहने
 ठूलो आवाज निकाली हाँस्ने र कराउने
 मुख चौडा गरी खोल्ने
 हाँस उठ्दो हुने गरी अनुहारलाई बङ्ग्याउने विभिन्न आकार बनाउने
 मुख चौडा गरी खोल्ने, हाँस्ने, खाने र गोलो बेलानाकार वस्तुहरु मुखमा घुसाउने। .स्वास्थ्य खबरपत्रिका

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार