काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई फोक्सोमा संक्रमण देखिएको छ । छाति दुख्ने समस्या आएपछि सोमवार काठमाडौंस्थित ओम अस्पतालमा भर्ना भएका उनी थप केही दिन अस्पताल रहने भएका छन्।
‘फोक्सोको संक्रमणका कारण निमोनिया भएकाले अझै केही दिन अस्पतालमै राखेर उपचार गर्ने सल्लाह दिइएको छ, अस्पतालका डाक्टर राहुल पाठकले भने, ‘उहाँलाई सहज महशुस भएको केही दिनमा मात्रै रिफर गरिनेछ।’
जनकपुरमा चुनाव प्रचारका क्रममा रहेका उनी सास फेर्न गाह्रो महशुस भएपछि काठमाडौं आएर अस्पताल भर्ना भएका थिए । अहिले उनको अवस्था सुधारोन्मुअ रहेको डा पाठकले बताए।
नेता निधि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। बिरामी भएपछि केही दिनदेखि प्रचार प्रसारको काम ठप्प छ।