‘माथिको आदेश’ भन्दै बुवाको किरिया बसिरहेका किरियापुत्रीलाई पक्राउ

बैतडी । बुवाको किरियामा बसिरहेका एकजना किरियापुत्रीलाई प्रहरीले माथीको आदेश भन्दै पक्राउ गरेर हिरासतमा लिएको छ ।

हिरासतमा लिइएका ब्यक्ति नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशी भएको प्रहरीले पुष्टि गरेको छ । बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् ।

कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले जानकारी दिनुभयो ।

तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । केही जिल्लामा बिप्लब समूहले चुनाव विरोधी गतिविधि गरेर नागरिकमा त्रास फैलाएकाले बैतडीमा पनि यस्तो हुनसक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार