नवलपरासी । नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ ।
नेपाल र भारत दुबै देशमा दोहोरो नागरिकता भएको र आफुलाई नवलपरासी जिल्लाको गोपिगन्ज बस्ने भनेर बताउने हरि बाहादुर बिक र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका बस्ने राजकुमारी बिकले सिन्धुपाल्चोक बस्ने बर्ष २० कि नरमाया तामाङ, सिन्धुपाल्चोक बस्ने बर्ष १९ कि निरमाया तामाङ र बुटवल बस्ने बर्ष ३४ कि लिला गुरुङलाई भारतको मुम्बईमा बिक्री गर्न भनेर लैजादै गर्दा नेपाल प्रहरी त्रिबेणिका प्रहरी जवान उषा गायकले पक्राउ गरेका हुन ।
उहाले पक्राउ गरि ईलाका प्रहरी कार्यालय त्रिबेणिलाई बुझाएको जानकारी दिनु भयो । पक्राउ परेका दुबै दलाल सहित ३ जना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिबेणीमा राखीएको राष्ट्रिय अनुसन्धान बिभागको विशेष सुत्रले जानकारी दिएका छन ।
पक्राउ परेका दलाल हरि बाहादुर बिक र राजकुमारी बिकले अहिले सम्म २० वटा भन्दा बढी नेपाली चेलीहरुलाई भारत लगेर बिक्री गरिसकेको ईलाका प्रहरी कार्यालय त्रिबेणिका प्रहरी नायब निरीक्षक हरि धोबीले बताउनु भएको छ ।