‘अप्पो दिप्पो भव: आफ्नो प्रकाश आफैं बन’ बुद्धले अन्तिम वचनका रुपमा यहि महावाणी

जीवन त हामी आफ्नै प्रयासबाट जिउदछौं, अरुका काधबाट त केवल मसानघाटको यात्रा गर्छौ

अप्पो दिप्पो भव:-आफ्नो प्रकाश आफैं बन ,भगवान बुद्धको जय होस्
बुद्धले अन्तिम वचनका रुपमा हामी माझ यही वाणी छाडेर गए, ‘अप्पो दिप्पो भव ।’ अर्थ: आफ्नो प्रकाश आफैं बन ।’ यही वाणीभित्र सारा जीवन छ । हाम्रा बा–हजुरबाले पनि यस्तै कुरा हामीमाझ भनिरहनुहुन्छ नि । ‘आफ्ना खुट्टामा आफैं उभ’, ‘उचालेको कुकुरले मृग मार्दैन ।’ तर हामीले अग्रजहरुका भनाइ र ती भनाइभित्र रहेको जीवन दर्शनलाई ख्याल नै गर्दैनौं । बुद्धको अन्तिम वचन ‘अप्पो दिप्पो भव’ को भावलाई बुझेर जीवनमा लागू गर्ने हो भने एक सफल जीवन निर्वाह गर्न पक्कै सहज हुन्छ ।


दियो बल्न चार चीज आवश्यक छ । दियो, बर्तन, बाती र सलाई (आगो) । यसरी नै जीवन प्रकाशमय बनाउन पनि चारै कुरा आवश्यक छ । प्रकाशमय जीवन भएपछि हाम्रो जीवनमा आनन्दको मूल फूट्छ । आनन्दको कुरा अनुभूति मात्र गर्न सकिने साधकहरु, सन्त, महात्माहरुले बताएका छन् । महान व्यक्तिहरु माझ हामी किन झुक्छौं ? किन आकर्षित हुन्छौं ? किन उनीहरुको अनुसरण गर्छौं ? संसारका सात अर्ब मानिस एक सयको हाराहारीका महान् व्यक्तिहरुको पछाडि किन छन् ? जवाफ आफैं खोजौं । सयमा एक थप्ने भए आफ्नो प्रकाश आफैं बन्नु नै पर्छ ।
अन्त्यमा बुद्धको महानवाणी ‘अप्पो दिप्पो भव’ भन्दै आनन्द सुशीलको पुस्तक जीवनपथबाट एक भनाइ छ , ‘जीवन त हामी आफ्नै प्रयासबाट जिउदछौं, अरुका काधबाट त केवल मसानघाटको यात्रा गर्छौ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार