यतिखेर देशभरी आफ्ना प्रिय नेताजीको लागि जिन्दावाद र मुर्दावादको नारा लगाउँदै र प्रचार प्रसारमा अहोरात्र खटीएको उमेदवार,समर्थक र सहयोगी साथीभाइहरुलाई हृदयबाट केही भन्न चाहान्छु । आँफुले सर्मथन गरेको नेताजीको लागि जिन्दावाद,मुर्दावाद भन्दै चुडीन आँटेको तपाईको घाँटीको नशालाई महशुस गर्नुहोस् ।
चिच्याउँदा र कराउँदा सुकेको आफ्नो आवाजलाई सुन्नुहोस् के तपाई सच्चा,इमान्दार,क्षमतावान र मुलुक हाँक्न सक्ने मानिसका लागि घोक्रो सुकाउँदै हुनुहुन्छ ? गाँउ र शहरका भित्ता भित्तामा ति उमेदवारका प्रर्चा ,पम्मपेलेट र पोष्टर टाँसीरहेका साथीहरु चुनावको यो माहोलमा तपाईलाई भ्याइनभ्याइ छ म बुझ्छु तर २ मिनेट समय निकालेर उटा कुरा सुन्नुहोस् ।
तपाईलाई थाहा छ बर्षौ देखी केही मानिसलाई तपाई जस्तै नशा फु्टेन गरी चिच्याउने र एउटै खाली ठाँउ नराखी भित्ता -भित्तामा पोष्टर र नेताको फोटो चिपकाउँथे , दिन रात केही नभनी माड लगाइ लगाइ फोटो टाँस्थे तर ति मध्ये धेरैले आफ्नो र आफ्नो परीवारको मुखमा माड हाल्न पाएनन् ।
सबैले होइन धेरैले । ति मध्ये केहीलाई त खुब फाइदा भयो । आफ्नो नेताले जिते पछि केही ठेक्का पट्टा,टेण्डर मिलाइदिए । केही मानिस राता रात करोडपति भए । नेताका नजिकका भएपछि प्रशासन प्रहरीले पनि छुन सकेन,तेसपछि गाँउटोलमा तिनकै राज चल्थ्यो । मान्छे कुट्ने,लुट्ने तर जेल परेजस्तो गर्ने भोलीपल्टै छुट्ने ।
केही मान्छेका लागि आफ्नो नेताको पक्षमा हिजो घोक्रो सुकाएको र पोष्टर टाँसेको फाइदाजनक भयो । तर तपाई जस्ता सोझा साझा मानिसको दादागिरी देखाउन नसक्ने, बेइमानी गर्न नसक्ने र लुट्ने कुट्ने काम गर्न नसक्नेहरुको घरमा भोली विहान खाने चामल छैन,छोराछोरी फि तिर्ने पैसा छैन,केही विदेश तिर लागीसके,केही चरम गरीबीसँग सिगाँैरी खेल्दै चाउरी परेका गाला छाम्दै छन् ।
पैसा बाँडेर भोजभतेर गरी चुनाव लडीरहेका फटाहा उमेदवारको पछी लागिरहेका प्यारा दाजुभाइ दीदी बहिनीहरु, निष्ठा,इमान्दारी,दुरदर्शीता,पारर्दर्शीता,सहि आचरण र सहि चरित्र नभएको तपाईको नेतालाई जिताउन जसरी तपाई मरीमेट्नु भएको छ त्यसको बदलामा एक छिन् तपाइले, परीवार र समाजलाई मरिमेट्नुस् जसले तपाईलाई महान व्यक्तिको रुपमा चिनाउने छन् ।
आजको बेजोड भाग
एउटी महिलाको पछि पुरै ट्राफिक चौकी, चुरोटले पोलिदिने, चिट काट्ने, हावा फुस्काउने यो कस्तो हर्कत !
बर्षौसम्म हामीले मात्र ठुलाका कुरा सुन्यौ। साना,गरिब,निमुखा,पहुँच र आवाज नभएकाहरुका पक्षमा उभिनै सकेनछौ। प्रत्यक दिन भिजेको आखा र रुझेको मन बोकेर हामीकहॉ आउने भिडले सारै नै लज्जित बनाउछ अनि देश बदल्ने गफाडीहरुप्रति आगो ओकल्न मन लाग्छ। तपाईहरु हाम्रो सुरक्षाको चिन्ता गर्नुहुन्छ। तर हामी,डर कुन चराको नाम हो भन्ने नै बिर्सन चाहन्छौ।