विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो ।

अघिल्लो महिना नेपाल १ सय ८१ औं स्थानमा रहेको थियो । नेपालले मलेसियामा सम्पन्न सोलिडारिटी कप जितेसँगै बरियतामा सुधार आएको हो । फिफाको नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र अफगानिस्तान रहेका छन् । शीर्ष स्थानको भारत ६ स्थान उक्लदै १ सय २९ औं स्थानमा छ भने ९ स्थान उक्लेको माल्दिभ्स १ सय ४५ औं स्थानमा छ ।

५ स्थान तल झरेको अफगानिस्तान १ सय ५१ औं स्थानमा छ । यस्तै नयाँ बरियतामा नेपालभन्दा तल भुटान १ सय ७६, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ औं र पाकिस्तान १ सय ९७ औं स्थानमा रहेका छन् । यता फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १ हजार ७ सय २९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ ।

विश्व च्याम्पियन जर्मनी शीर्ष स्थानमा कायमै रहँदा क्रमशः अर्जे्न्टिना, कोलम्बिया, बेल्जियम, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स, उरुग्वे र स्पेन दोस्रोदेखि दशौ स्थानसम्म रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार