काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साइबर अपराध र बाल यौन दुव्र्यवहारको मुद्दामा एक जना धर्मगुरुलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका धर्मगुरुको नाम टुल्कु लामा हो । सीआईबीले पक्राउ परेका लामाले आफुलाई १४ औ अवतारी गुरु भएको दावी गरेका छन् । उनलाई काठमाडौंको टौदहबाट पक्राउ गरिएको छ ।
सीआईबीले लामाको विषयमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ । सीआईबीका अनुसार उनलाई जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धानको काम भइरहेको छ ।
सीआईबीका प्रमुख डीआईजी पुस्कर कार्कीले यो घटनाको पुष्टि गर्दै उनलाई आवश्यक कानुनी कारबाही हुने बताए । केही समयअघि भारतमा धर्मगुरुको नाममा अवैध काम गर्ने धर्मगुरु राम रहिमको पक्राउको विषयमा विश्वव्यापी रुपमा चर्चा कमाएको थियो ।
सिआईबीले पक्राउ गरेका लामाले पनि धर्मगुरु राम रहिमजस्तै महिलाहरुलाई बोलाएर रास लिला गर्ने गरेको खुलासा भएको छ । उनले धर्मका नाममा महिलाहरुमाथी यौन दुव्र्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।