अनलाइन मिडियाहरुमा एकाएक अनमोल केसीलाई झरना थापाले आगामी फिल्मको लागी ५० लाख रुपैयाको अफर गरेको खबर भाइरल भयो तर त्यो खबर सेलाउन नपाउदै नायिका झरना थापाले खण्डन गरेकी छिन । उनले फेसबुकमा लेख्दै भनेकी छिन – अनमोललाई ५० हजार दिनु मेरो सोच बाहिरको कुरा हो । एउटा कलाकारलाई नै ५० लाख रुपैया दिए पछि चलचित्रको लागत कहा पुग्ला ? नेपालमा निर्माण भएका चलचित्रहरु मध्य ५ प्रतिसतले मात्र मुनाफा गरिरहेको बेला एउटा कलाकारलाई त्यति ठुलो रकम दिनु मनासिव हुन्न , जोखिमपूर्ण हुन्छ । मिडियाहरुले आफुलाई नसोधी समाचार लेखेको उनको आरोप रहेको छ ।
थापाको स्टाटस जस्ताको त्यस्तै :
‘आज मात्र एउटा अनलाइनको समाचारमा म संग जोडिएको समाचार पोस्ट भएछ! खबरको सार एस्तो छ -मैले कलाकारलाई ५० लाख रुपैया दिएर सिनेमाको अफ़र गरेको……
सम्पूर्ण दर्शकको साथ अनि मिडिया र चलचित्रकर्मी सहयोगमा ,मैले निर्देशन गरेको चलचित्र ए मेरो हजुर -२ सुपरहिट चलचित्रको लिस्टमा पुग्न सफल भयो !धेरै राम्रो ब्यापार गर्यो ! नेपाली चलचित्रको बजार सानो भएकाले धेरै लगानीमा चलचित्र बनाउनु आफैमा धेरै जोखिम पनि छ ! 5% सिनेमाले मात्र मुनाफा कमाउछन् ! येस्तो अवस्थामा मैले एउटा कलाकारलाई ५० लाख अफ़र गर्नु त मेरो सोच भन्दा बाहिरको कुरा हो ! एउटा कलाकार लाई ५०लाख पारिश्रमिक दिएर चलचित्र बनाउदा ,चलचित्रको लागत कति पुग्ला? तपाईहरु पनि येही क्षेत्र संग जोडीनु भाकोछ ! मेरो फोन ’नम्बर धेरै रंग पत्रकारहरु संग छ कृपया यो समाचार लेख्नु अघि एकपटक म संग तपाइले किन सोध्नु भएन ..यो गसिब हो कि समाचार हो ? कपोलकल्पित कुरालाई समाचार बनाएर तपाईहरुको समाचार त बिक्ला तर हाम्रो चलचित्र उधोगको लागि राम्रो मेसेज जादैन !