केहि महिनाअघि सम्पन्न स्थानीय निकायको निर्वाचनताका निकै नै चर्चामा रहेका थिए एमाले नेता केशव स्थापित। उनी काठमाण्डौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् ।
आजभोली फेरी स्थापित चर्चामै छन्।कांग्रेस नेता गगन थापा माथी स्थापितले धेरै किसिमका आरोप लगाए। जुन आरोप गगन थापाले आधिकारीक रुपमा खण्डन गरिसकेका छन्।
नेता स्थापित काठमाण्डौं क्षेत्र नम्बर ६ को क बाट प्रदेश सभाको उम्मेदवार समेत हुन्।
नेता स्थापितले आफू निर्वाचित भएको भोलीपल्टै देखी विकाशको काममा आक्रामक भएर लाग्ने दाबी गरे। अर्थ मन्त्रालयले घर- जग्गा कर आफूले उठाउने,स्थानीय निकायले उठाउन नपाउने भन्ने परिपत्र पठाएको कारणले घर- जग्गा करबाट उठ्ने दुई अर्ब कर काठमाण्डौं महानगरले उठाउन नपाएको र आफू निर्वाचित भएपछि अर्थ मन्त्रालयको चिट्ठि रद्ध गरेर सामाजिक भत्ता सात हजार पुराउने दाबी गरे।
स्थापितले भने- अर्थ मन्त्रालयको परिपत्र च्यात्ने साहस म गर्छु।एउटा कानुन बनाएपछि अर्थ मन्त्रालयको परिपत्र च्यातियो त्यसपछि वृद्ध, अपांग र एकल महिलाले पाउने सामाजिक भत्ता सात हजार पुर्याउने छौं।
स्थापितले भने- अबको नौ महिनापछि काठमाण्डौं खुल्ला बन्छ। जहाँ हेरे पनि बगैंचै- बगैचा भव्य महलहरु, त्यो हेरेर नेपाल आएका पर्यटक,स- साना केटाकेटि र प्रेमी- प्रेमिकाहरु रमाउने छन्।
स्थापितले अगाडी भने-मलाई योग्य मानिसहरु दश हजार चाहिएको छ,त्यो कांग्रेस कम्युनिस्टको मतलब छैन।मात्रै योग्यता हुनपर्यो। म खेलकुद परिषदमा गए त्यतिबेला महा- मण्डले भनिने कमल थापाको भाई गणेश थापालाई उसको योग्यता हेरेर फुटबस संघको अध्यक्ष मैले बनाएको हुँ।
स्थापितले आफूसँग एकैपटक एक लाख मानिसलाई रोजगारी दिनसक्ने योजना रहेको र यसको लागी उनले ललितपुरलाई हस्तकला सम्बन्धी औधोगिक शहर बनाउने बताए।
स्व. राजा वीरेन्द्र आफ्नो सँग बिसौ पटक भेट भएको र वीरेन्द्र सधैँ जनताको लागी केहि गर्न सकिन भनेर आफूसँग गुनासो गरिरहने गरेको कुरा स्थापितले स्मरण गरे। स्थापितले अगाडी भने- वीरेन्द्र एकदमै राम्रा राजा थिए, राजा वीरेन्द्रले आफूलाई रानी ऐश्वर्याले सलाईको बट्टा जस्तो बनाएको भन्दै आफूले चाहेर पनि केहि गर्न नसकेको ऐश्वर्याले दरबार भित्र पार्टि सकिएपछि दरबारका कर्मचारीले खाइदिन्छन् भनेर फ्रिजमा कतिवटा अण्डा छ भनेर गनेर राख्ने र रक्सीको बोतलमा समेत चिनो लगाएर राख्थिन् भन्दै रानीको व्यबहारको गुनासो गरेर मसँग आँशु खसाल्थे।
राजा वीरेन्द्र सँग धेरै पटक लसुन छोडाएको र म:म पकाएको छु,भन्दै स्थापितले भने-राजा वीरेन्द्रले मलाई रोदनको आवज सहित यो मुलुक बनाउ है केशब भनेका थिए।
स्थापितले प्रधानमन्त्री शेरबहादुर देउवालाई यो युगको चेतना र प्रवाह नबुझेको मान्छेलाई प्रधानमन्त्री मान्नुपरेको बताए।
आफू मेयर हुँदा काठमाण्डौं माइतीघर मण्डला बनाउने क्रममा देउवा प्रधानमन्त्री थिए तर विकाशको काममा आफूलाई देउवाले साथ नदिएको र त्यसै क्रममा आफूले देउवालाई सिधैँ तपाई शेरबहादुर कि विरालो बहादुर भनेर सोधेको बताए।