श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशिर्ष ७ गते बिहीबार इश्वी सन २०१७ नोभेम्बर २३ तारीख मार्गशिर्ष शुक्ल पक्ष पञ्चमी तिथी चन्द्रमा धनुराशिमा ११ः५३ बजे सम्म पश्चात मकर राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला , आवाल ब्रह्मचारी षडानन्दजयन्ती – ज्यो . पं . सरोज घिमिरे ।
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान्यजनहरुको साथ सहयोग द्वारा अधुराकार्य हरु सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य यात्राकारक समय रहनेछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मध्यान पश्चात सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ क्षेत्रमा क्रमिक सुधारको योग बन्नेछ । बाणीका कारण सामान्य बाद बिवादको चपेटामा फसिएला । पारीवारिक साथ सहयोगमा कमि महसुस हुन सक्नेछ । मानसिक चन्चलताको सामना गर्नु पर्नेछ । मध्यान पश्चात मित्रजन सगँको भेट घाटले सामाान्य यात्राको सम्भाबना रहेकोछ ।
मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
जिवन साथिको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । पुरानो लगानि उठाउन उत्तम समय रहेकोछ । शारिरीक आलस्यताले सताउन सक्नेछ । मध्यान पश्चात चोट पटक वा स्वास्थमा सामान्य गडबडी उत्पन्न हुनेछ । खानपानमा बिशेष साबधान अपनाउनु होला ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्य प्रतिको दबाबका कारण मानसिक तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यका निम्ती समय ब्यतित रहन सक्नेछ । प्रतिस्पर्दिहरु सबल रहलान सजग रहनु होला मध्यान पश्चात पारीवारीक झोर झमेलाले सताउन सक्नेछ । ब्यपार ब्यवसायमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक कार्यबाट मनग्य लाभ प्राप्त हुनेछ । नयाँकार्य प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहेकोछ । मध्यान पश्चात प्रतिश्पर्दिहरु सबल रहनाले गरिरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा समेत अशर रहला ।
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारीक साथ सहयोग द्वारा गरीएका कार्यमा मनग्य लाभ रहनाले मन हर्शित रहनेछ । सबारीसाधनको प्रयोगमा भने साबधान रहनु पर्ने समय रहेकोछ । मध्यान पश्चात भने मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनमा समय त्यति उत्तम रहेकोछैन ।
तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
मित्रजनहरुको साथ सहयोग प्रयाप्त प्राप्त हुनाले मनका आटँ र शाहसको बृद्धिहुनेछ । यात्रामा साबधान रहनु पर्नेछ । नगरेको कार्यको आरोप आई पर्न सक्नेछ । मध्यान पश्चात मान्यजनहरुको साथ सहयोगमा बृद्धि भएतापनि आफन्त जनहरुको बिछोडले सताउनेछ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम फल प्रात्त हुनेछ । आफन्तजन रुष्ट रहने सम्भाबना रहेकोछ । खानपानमा ध्यान पूर्याउनु होला । मध्यान पश्चात मित्रजनहरुबिच सामान्य बाद बिवादको सम्भाबना रहेकोछ । आटँ शाहसमा कमि महसुस हुनेछ ।
धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।
मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च बढ्ने सम्भाबना रहेको छ । अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजन को साथ प्राप्त हुनेछ ।
कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो,
नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।
मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोगमा गरीएका कार्यहरु प्रभाबकारी रहन सक्नेछ । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।