प्रहरी असइको दादागिरी, दिसा नै अाउने गरी कुटपिट गरियाे : पिडित राई

सुनसरीको बराह नगरपालिका ३ बांगे बजारका ४१ बर्षीय राजकुमार राईलाई बांगे प्रहरी चौकीका इञ्चार्ज इश्वर अधिकारीले सामान्य विवादमा सडकबाटै उठाएर चौकी भित्र लगी मरणासन्न हुनेगरी कुटपिट गरेका छन । आइतबार साँझ ७ बजे बजारबाट घर फर्कदै गरेको बेला बिच सडकमा यात्रुबाहक बस बिग्रीएर बनाउँदै गरेको अवस्थामा उनले बसका मजदुरलाई साइड लगाएर बनाउन आग्रह गरेपछि भएको सामान्य विवादको बिषयलाई लिएर बांगे प्रहरी चौकीका इञ्चार्ज अधिकारीले सडकबाटै उठाएर चौकीभित्र लगेर निर्घात कुटपिट गरेको पिडित राईले बताएका छन ।

पिडित राईका अनुसार बसका मजदुरसंग कुरा गरीरहेका बेला मोटरसाइकलको लाइट आँखामा परेपछि “को हो तपाई ?” मात्र भनेको र त्यसपछि “चिनिनस मलाई” भन्दै असई अधिकारीले हातपात गर्दै चौकीमा पुर्याइ निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट पिडित राई धरानस्थित बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत रहेका छन ।
“पशुलाई पनि त्यति साह्रो गरिदैन जुन म माथी प्रहरीले अत्यचार गर्याे । म दोषी थिए भने मलाई थुनामा राखेर कार्वाही गर्न सक्थे, तर भित्र लगेर दिसा नै अाउने गरी निर्मम यातना दिइयो” उनले गुनासो पोखे । प्रहरीको कुटाइबाट राई चटपटाउन पनि नसक्ने भएका छन ।
यस बिषयमा बाँगे प्रहरी चौकीका इन्चार्ज समेत रहेका अधिकारी सँग सम्पर्क गर्दा उनले राईले मादकपदार्थ सेवन गरी बजारमा आतंक फैलाईरहेको र स्थानीय सहित बसमा सवारहरुले आएर उजुरी गरेपछि नियन्त्रणमा लिएको र धरान पठाएको बताएका छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार