क्याट बेल्जियमको अध्यक्षमा भुवन सुवेदी !समाजसेवामा अगाडी क्याट

परोपकार नै मानवीय धर्म हो भन्ने मुल मन्त्रलाइ अात्मसाथ गर्दै २००५ मा स्थापित यस चितवन सहायता कोष बेल्जियमले १२ औं वसन्त पार गर्दै छैटाैं अधिवेशन भव्य रूपमा सम्पन्न भयो ।

कोषका अध्यक्ष श्री दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास ब्रसेल्सका महामहिम राजदुत श्री लोक बहादुर थापा हुनुहन्थ्यो भने विशिष्ट अतिथीमा गैर अवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष श्री लोक दाहाल तथा अतिथीहरूमा यस कोषका संस्थापक अध्यक्ष/ संरक्षक श्रीमती सिता सापकोटा, पुर्व अध्यक्ष/ संरक्षक श्री रामहरी घिमिरे, गैर अावासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितिकी सदस्य एवं कोषकी सल्लाहकार सरू चापागाइ , गैर अवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितिका सदस्य एवं कोषका मानार्थ सदस्य श्री पदम गुरूङ लगायत बेल्जियम स्थित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू हुनुहुन्थ्यो ।

पहिलो चरणको कार्यक्रम अन्तरगत उपस्थित सवैलाइ कोषका उपध्यक्ष श्री राजु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने चितवन सहायता समाज चितवनका सदस्य श्री केशवराज सुवेदीले अधिवेशनको सफलताको कामना सहित नेपालमा समन्वय गरी हुने कार्यकमहरूको बारेमा जानकारी गराउनु भएको थियो त्यसै गरी यस कोषको पहलमा स्थापित चितवन समाजका अध्यक्ष श्री यज्ञराज सुवेदीले यस कोषले गरेका कृयकलापहरूको प्रसंसा गर्दै चितवन सहायता कोष बेल्जियमसंग सहकार्य गर्दै नेपालमा गरीने अगामी कार्यक्रमहरू अगाडी बढाउने इच्छा व्यक्त गर्नु भयो । शुभकामना मन्तव्यकै क्रममा कोषकी सल्लाहकार सरू चापागाइं र मानार्थ सदस्य पदम गुरूङले यस संस्थाका कार्यहरूको प्रसंसा गर्दै अधिवेशनको सफलताको कामना गर्नुभएको थियो। सोही अवसरमा कोषका महासचिव भुवन सुवेदीले यस कोषले २ वर्षमा गरेक गितबिधहरूको विस्तृत बिवरण सहितको प्रगति प्रतिवेदन पढेर सुनाउनु भएको थियो भने कोषाध्यक्ष रामचन्द्र सापकोटाद्वारा तयार पारिएको अार्थिक प्रतिवेदन अनुसार हालसम्म नेपालमा संचलित अक्षय कोषमा करीव ५० लाख जजदम्मा भएको र यहाँ भएका अार्थिक आय व्यय प्रश्तुत गरिएको थियो ।

शुभकामनाको मन्तव्यकै क्रममा गैर अावासीय नेपाली संघ बेल्जियमका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि लोक दाहालले CAT Belgium ले गरेका कार्यक्रमहरू अतिनै सह्रिनय रहेको र अगामी दिनहरूमा कोषका कार्यक्रमहरूमा सहयोग गर्ने वचन वद्दताका साथै सोही अवसरमा अक्षय कोष बृद्दीका लागि ३०० युरो नगद रकम हस्तान्तरण गर्नु भएको थियो। त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदुत लोक बहादुर थापाले यस संस्थाले गरेका कार्यहरूको खुलेर प्रसंसा गर्दै अगामी दिनहरूमा पनि कोषका कृयाकलापहरूमा दुतावासबाट हुने सहयोग निरन्तर रहिरहने र अव वन्ने नयाँ समितिले पनि निरन्तर रूपमा सहकार्य गरिरहोस भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

अन्तमा कोषका श्री अध्यक्ष दिनेश प्रसाद भण्डारीले सभामा उस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, संरक्षक, अतिथीहरू, सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, अाजीवन सदस्यहरू लगायत उपस्थित सम्पुर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा अफ्नो २ वर्षे कार्यकाल सफल वनाउन अहोरात्र खट्नुहुने समितिका साथिहरू, अग्रजहरू लगाएत बेल्जियमवासी नेपाली दाजुभाइ तथा दिदीबहीनीहरूलाइ हार्दिक धन्यवाद तथा अाभार प्रकट गर्दै प्रमुख अतिथी र चितवन सहायता समाज चितवनलाइ मायाको चिनो दिदै पहिलोचरणको कार्यक्रम समापन गर्नुभएको थियो ।


दोश्रो चरणको कार्यक्रम अन्तरगत कोषका अध्यक्ष श्री दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा प्रगति प्रतिवेदन तथा अर्थिक प्रतिवेदन सर्वसम्मत पास गर्दै विधानमा संसोधन गर्नुपर्ने केही बुँदाहरूलाइ सभाबाट संसोधन गरेपछि पाँच जनाको निर्वाचन कमिटी ( संरक्षक श्रीमती सिता सापकोटा, संरक्षक श्री रामहरी घिमिरे, सल्लाहकार श्री प्रकास पाैडेल, सल्लाहकार श्री प्रेम पाठक र कोषाध्यक्ष श्री रामचन्द्र सापकोट) चयन गरी अफ्नो कार्यकाल सकिएर समिति बिघटन भएको घोषणा गर्नु भएको थियो । भने निर्वाचन कमिटीले संस्थाको विधान अनुसार निर्वाचन प्रकृय अगाडी वढाइ निम्न समिति निर्विरोध रूपमा चयन गरीयो । जसअनुसार-

अध्यक्ष – श्री भुवन सुवेदी

बरिष्ट उपाध्यक्ष – श्री राजु घिमिरे

उपाध्यक्ष – श्री श्रीराम प्रसाइ

उपाध्यक्ष – श्री नारायण पाैडेल

महासचिव – श्री इश्वरी प्रसाद कंडेल

सचिव – श्री शंकर वजगाइं

कोषाध्यक्ष – श्री झलकमणी अधिकारी

सह कोषाध्यक्ष – श्री उत्तम मल्ल

सदस्यहरू – श्री तेजन्द्र कंडेल, श्री मोहन के.सी., श्रीमती शान्ति भट्टराइ, श्रीमती  राधिका तिवारी, श्री चिज कुमार श्रेष्ठ (शिलु), श्री सागर अधिकारी, श्री अोम प्रकास गुरूङ, श्री रामशरण महतो, श्री तिर्थ पाठक, श्रीमती सुशिला खतिवडा, श्रीमती सुर्य देवी श्रेष्ठ र श्रीमती सरस्वती सुवेदी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार