इतिहासमै पहिलो पटक नेपालबाट मिस युनिभर्समा नग्मा श्रेष्ठ भोटिङ लाईन खुल्ला फिल्मीबजार, ५ मंसिर २०७४,काठमाण्डौ । इतिहासमै पहिलो पटक नेपालबाट मिस युनिभर्स २०१७ मा मिस नेपाल अर्थ नग्मा श्रेष्ठले सहभागी जनाएकी छिन् ।यसभन्दा अगाडी मिस युनिभर्स को ६५ औ संस्करण सम्म कोहि पनि नेपाली सुन्दरी सहभागी हुन सकेका थिएनन् ।
सम्भवत:इतिहासमै पहिलो पटक नेपालले मिस युनिभर्समा सहभागीता जनाउने अबसर प्राप्त भएको हो ।उक्त ब्युटी पेजेन्टमा सहभागीता जनाउने नेपाली सुन्दरीको लगातार को प्रयास पछि यो ६६ औ संस्करणमा मात्र नेपाल डेब्यु गर्न सफल भएको छ जसको श्रेय प्रतियोगी नग्मा लाइ नै जान्छ ।अमेरिकाको लास भेगसमा भैरहेको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका ९३ प्रतियोगी प्रतिस्पर्धीहरु सहभागी छन् ।कार्यक्रमको ग्रयाण्ड फिनाले यही नोबेम्बर २६ तारिखका दिन हुने भएको छ । यतिबेला नग्मालाई मतको आबश्यक परेको छ । जसको लागि आजै देखी अनलाईन भोटिङ सिस्टम पनि खुल्ला भएको छ । भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् :