पुत्र शोकको तिन दिनमै रौतहटको बम काण्डका घाइतेलाइ मलम लगाउन अस्पतालानै पुगे प्रचण्ड

तीन दिन अघि मात्र एक्ला सुपुत्र प्रकाश दाहाल गुमाउनु भएका अध्यक्ष प्रचण्डले मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी राैतहटकाे बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे।

मंसीर ४ गते अज्ञात समूहकाे अाक्रमणबाट घाइते अामा सरिता र छाेरा जैविककाे चितवन मेडिकल कलेजकाे सघन उपचार कक्षकाे बेड नं. १४ र १५ मा उपचार भइरहेकाे छ।

प्रचण्ड अस्पताल पुगेपछि सर्वसाधारणले प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका छन्। उनीहरुले छाेरा गुमाएकाे पीडामा पनि जनताकाे साथ दिने प्रचण्डजस्ता नेता बिरलै जन्मने भन्दै प्रचण्डलाई उच्च सम्मान पनि गरे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार