आफ्नै काखका हुर्केको नाति आमाका साथ घर छाडेर हिँडेपछि प्रचण्डपनि बेलाबेला बिरक्तिन्थे !

प्रसिद्ध र प्रणब दुवै प्रचण्डको लाजिम्पाटस्थित निवासमा हुर्किएका हुन्। तर, उनीहरुबीच भेटघाट हुने अवसर भने यसअघि जुरेको थिएन। जतिबेला प्रसिद्ध हुर्कंदै थिए, प्रकाश बीनासँगको प्रेम सम्बन्धमा परे। त्यसपछि सिर्जनाले लाजिम्पाट निवास छाडिन्। र, कास्कीस्थित माइती निवासमा गएर बसिन्।

प्रसिद्धसहित सिर्जनाले लाजिम्पाट निवास छाडेको केही समयपछि प्रकाश–बीना औपचारिक रुपमा नै प्रणय सम्बन्धमा गाँसिए। र, बीनातर्फबाट प्रकाशका दोस्रो सुपुत्रका रुपमा प्रसिद्ध जन्मिए। तर, सिर्जनाले लाजिम्पाट छाडेका कारण प्रसिद्ध–प्रणबबीच भेटघाट हुन पाएन।

केटाकेटीसँग खेल्न–घुलमिल हुन असाध्यै रुचाउने नेता हुन् प्रचण्ड। आफ्नै काखका हुर्केको नाति आमाका साथ घर छाडेर हिँडेपछि प्रचण्डपनि बेलाबेला बिरक्तिन्थे र नाति भेट्न पोखरा पुग्थे। आफू बसेको होटलमा नातिलाई बोलाउँथे र समय बिताउँथे।

सिर्जनाले लाजिम्पाट निवास छाडेर कास्की गएपछिका ४–५ वर्ष यसैगरी बिते। यसबीचमा बीनातर्फबाट नाति प्रणब जन्मिए। प्रणबप्रति त झन् प्रचण्डको मायाँ नहुने कुरै भएन। तर, उनले प्रसिद्धलाई पनि बिर्सिएनन्।

बाबुको निधनले आमा भावविह्ल बनेपछि सानिमा सीता मगरको साथमा प्रणब

त्यसैले पछिल्लोपटक ३० कार्तिकमा पोखरा जाँदापनि प्रचण्डले नाति प्रसिद्ध सहित बुहारी सिर्जनालाई भेटे। नातिलाई काखमा लिए, म्वाइँ खाए र ‘राम्रोसँग पढेर ज्ञानी मान्छे बन्नुपर्छ है’ भन्ने आशिक दिएर काठमाडौं फर्किए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार