छोराको मृत्युको भोलिपल्टै प्रचण्डको पहिलो सम्बोधन : भावुक हुँदै प्रचण्डले भने ‘मैले त चित्त बुझाउला परिवार सम्हाल्न गाह्रो भो’ (भिडियो)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहाल स्वर्गीय भएको भोली पल्ट नै प्रचण्डले भावुक मुद्रामा परिवारलाई सम्हाल्न ग्राहो भएको बताएका छन् । केहीदिनदेखि अस्वस्थ रहेका प्रचण्ड पुत्र प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो ।

निधन भए लगत्तै झापाबाट काठमाडौँ आएका प्रचण्डले छोराको मृत्युको भोलीपल्ट मिडियासँग कुराकानी गर्दै भने भने मैले त चित्त बुझाउला परिवार सम्हाल्न गाह्रो भो । सोच्दै नसोचेको अकल्पनिय घटना हुन पुग्यो । यत्रो बिज्ञान र प्रविधिको युगमा पनि अस्पताल लैजान नपाउँदै हामीलाई छाडेर गयो । तर पनि बिस्तारै हामी संहालिँदैछौँ । थप भिडियोबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार