काठमाडौं- आइतबार हृदयाघातबाट निधन भएका प्रकाश दाहाल केही दिनदेखि नै बिरामी थिए।
प्रकाशले केही दिनअघि एक शुभेच्छुकसँग स्वास्थ्यबारे कुराकानी गरेको फेसबुक च्याट पाइएको छ। उनले च्याटमा आफूलाई ज्वरो आएको बताएका थिए।
पछिल्लो समय उनी चितवनमा पिता प्रचण्डको चुनावी प्रचारप्रसारमा व्यस्त रहँदै आएका थिए।