समुद्री बाटो हुदै लिबियाबाट इटाली आउने क्रममा एक नेपालीको निधन ,यसरि गयो उनको ज्यान

समुद्री बाटो हुदै लिबियाबाट इटाली आउने क्रममा यहि नोवेम्बेर पहिलो हप्तामा एक नेपाली निधन भयको छ । , यात्रामा संगै रहुनुभयका नेपालीसाथीहरुको जानकारी ,नेपाली कन्सुलेट रोम , एन आरएनए इटली र ,नेपाली राजदुताबास स्विजरल्याण्डको , सक्रियतामा पारिवारिक सम्पर्कको आधारमा उक्त निधन हुनुभयको नेपाली , म्याग्दी जिल्ला , रघुगंगा गाउपालिका ,पाखापानि निवासी बर्ष ३६ का श्री धनमान पुर्जा रहनु भयको जानकारी एन आर एन इटालिले दियको छ । मृतकको शव हाल इटाली स्थित रेजोकलाब्रिया राखियको जानकारीमा आयको छ । पारिवारिक निर्णयअनुसार मृतकको दाहसंस्कार शव रहेको स्थानमा नै गरिने भयको छ ।

दाहसस्कार गरिने मितिको बारेमा नेपाली कन्सुलेट रोम को तर्फबाट पहल गरियको छ। सुखद भविस्यको कल्पनामा विभिन्न मानब तस्करहरुको पर्लोभन मा परि अल्पायुमा नै आफ्नो जीवन गुमाउनु भयका स्वर्गीय धनमान पुर्जा प्रति अन लाईन लाईभ खबर को तर्फ बाट हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौ , साथै एस दुखद घडीमा शोक सन्तब्द परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ । यसरि एक नेपालीबाट नेपाली नै विभिन्न प्रलोभनमा पारी सुन्दर भविस्यको आशामा अकालमा नै ज्यान गुमयाको घटनाले हामी स्तब्ध भयका छौ ।

दोषी उपर कडा कानुनी कारबाही, आउने दिनहरुमा यस्ता घटनाहरु दोहोरिन नदिनको लागि आबस्यक पहलकदमी साथै मृतकको पारिवारीक आबस्थालाइ ख्यालमा राक्दै आर्थिक सहयोगको लागि एनआर एन इटलीले छिटैनै आबस्यक कदम चाल्ने जानकारी गरायको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार