केपी ओलीलाई भोट माग्न प्रचण्ड र कोमल वली पनि झापामा

झापा । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चुनावी प्रचारप्रसारमा साथ दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गायिका कोमल वली पनि झापा पुगेका छन् ।

यसअघि आगामी निर्वाचनको लागि टिकट नपाएर चर्चामा रहेकी गायिका वली अहिले अध्यक्ष ओलीलाई जिताउने अभियानमा सक्रिय रुपमा लागेकी छिन् । यसमा माओवादी अध्यक्ष प्रचण्ड पनि सामेल छन् ।

ओली र प्रचण्ड हाल चुनावी प्रचारप्रसारको लागि बाम गठबन्धनका शीर्षनेताका हिसावले देश दौडाहामा रहेका छन् । अध्यक्ष ओलीको चुनावी क्षेत्रलगायत पूर्वाञ्चलका विभिन्न स्थानहरुमा हुने चुनावी आमसभाहरुमा ओली र प्रचण्ड दुवैले बाम गठबन्धनका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार