ट्वाइलेट पेपर बोकेको गाडीमा फेला पर्यो सत्र किलो सुन, सुन तस्करीको नौलो तरिका

रसुवा । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ ।

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो ।

Window display of jewelry shop

सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो गाडी समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए ।

गाडीमा ट्वाइलेट पेपर बोकिएको थियो । विशेष सुराकीका आधारमा गाडी जाँचका क्रममा त्यही सामान भित्र लुकाएर राखिएको १७ किलो सुन भेटिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार