नागढुंगा सुरुङमार्ग यस्तो बन्दै छ ! गाडी अब सजिलै पास , के को जाम के को लाम !

काठमाडौं, कात्तिक । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणमा लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरुङमार्गको ‘एक्सेस रोड’को लागि साविकको महादेशस्थान, दहचोक, बलम्बुर थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना गरेको छ ।सडक विभागले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि जग्गा अधिग्रहणका लागी प्रभावित क्षेत्रलाई लीषत गर्दै सूचना निकालेको हो । यो सुरुङमार्ग यसै आर्थिक वर्षबाट सुरु गर्ने योजना छ ।कित्ता नम्बरसहित प्रकाशित भएको सूचना अनुरुप घर, जग्गा, टहरा, रुख विरुवा लगायतको मुआब्जा दावी गर्दै एक महिनाभित्र कागजात पेश गर्न सकिनेछ । ४ सय ३७ कित्ता जग्गा अधिग्रहणका लागि सूचना आएको हो ।

३ लेनको एक्सेस रोडका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको सूचना निकालेको हो ।सरकारले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार जग्गा अधिग्रहण गर्न लागेको जनाएको छ । अबको ३० दिनभित्र सडकमा जग्गा तथा संरचनाहरु पर्नेले मुआब्जा दाबी गर्न सूचित गरिएको छ ।सुरुङमार्गका लागि आगामी डिसेम्बर,जनवरीमा ग्लोबल टेण्डर आहृवान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ ।सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिएको हो ।

यो परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले सुरुङमार्गको निर्माणका लागि यो वर्ष ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ ।२.३५ किलोमिटर लामो सुरुङमार्ग निर्माणपछि नागढुंगाको घन्टौं जामबाट छुटकारा पाइनेछ । अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ ।जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङमार्ग बनेपछि नौबिसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार