भोलि शनिबार पशुपतिनाथमा नागमणिसहित दुर्लभ वस्तु दर्शन गर्न पाइने

बालाचतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा नागमणिसहित अन्य दुर्लभ सामग्री सार्वजनिक गरिने भएको छ।

SONY DSC

सो अवसरमा पशुपतिनाथको कवच, मुकुट, र एकमुखे रुद्राक्ष सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था पशुपति क्षेत्र विकास कोषले मिलाएको छ।

शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक रमेशप्रसाद उप्रेतीले बताए।

हरेक वर्ष शतबीज छरेको भोलिपल्ट यस्ता दुर्लभ वस्तु प्रदर्शन गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार