चुनाव भएर मात्रै चुप लागेर बसेका हौँ, चुनावपछि बालकृष्ण ढुङ्गेललाई छुटाउँछौँ: प्रचण्ड
बिबिसी नेपाली सेवाका लागी इश्वर जोशीले माओवादीका अध्यक्ष प्रचण्डसँग गरेको कुराकानी
एमाले – माओवादी पार्टि एकता घोषणा कहिलेसम्म हुन्छ ?
अब हामिले सहमती गर्दैगर्दा निर्वाचन पछि नै पार्टि एकतालाई टुंग्याएर घोषणा गर्ने भन्ने भनिएको छ। अहिलेसम्मको घटनाक्रम र प्रगति हेर्दा शुरुमा गरेको सहमति अनुसार निर्वाचनको लगत्तै पछि पार्टि एकतालाई टुंगोमा पुराइन्छ।
त्यसो भए अब तपाईहरुले माओवादीलाई जनताको बहुदलीय जनवादमा लगेर विसर्जन गर्न लाग्नुभएको हो?
यो कुरा विल्कुल सहि होइन।हामीले कसैलाई विसर्जन गर्ने कसैलाई स्थापित गर्ने कुरा होइन।हामिले मोटामोटि सोचेको के छ भने,पार्टि एकिकरण गर्दा न माओवादी रहन्छ न एमाले,नेपालमा एउटै कम्युनिस्ट पार्टिको रुपमा शुरुमा संस्थापन गर्दा हाम्रा संस्थापक नेताहरुले नेपाल कम्युनिस्ट पार्टि भनेर राखेका थिए,त्यसैले कम्युनिस्ट पार्टि हुन्छ। सैद्धान्तिक केहि छलफलका बिषय महाधिवेशन सम्म छलफल गरेर टुंगो लगाउँछौ।
एमाले माओवाद मान्दैन अनि तपाईहरुले बहुदलीय जनवाद नमानेपछि एकता कसरी हुन्छ?
मैले भनिहाले नी,हामिले अहिले जसरी ६ बुँदे सहमती गरेका छौं र अहिले साझा घोषणा बनाएका छौ, सहमती -भएका जति बिषयलाआ लिएर पार्टी एकता गरिन्छ। सहमती हुन बाँकी बिषयलाई छलफल गर्दै एउटा साझा निष्कर्षमा पुग्ने हाम्रो कोशिष हुन्छ। किनकी सिद्धान्त जनताको लागी हो,जनता सिद्धान्तको लागी होइन। त्यस आधारमा मलाई लाग्छ हामी सजिलै यसलाई निष्कर्षमा पुराउन सक्छौं।
यदि एकभन्दा बढी गैर कम्युनिष्ट पार्टिहरुले चुनावी प्रतिष्पर्धा गर्न छुट पाउने हो भने सारमा त्यस्तो राजनितीक प्रणाली त माओवाद राज्य सत्ताको अवधारणा विपरित हुने भयो नि होइन र ?
हेर्नुस्,मार्कसवाद,लेनिनवाद,माओवाद यो सबै पथप्रदर्शक सिद्धान्त मात्रै हो। अहिले हाम्रो मिलन भनेको शान्तिपुर्ण प्रतिष्पर्धा मार्फत समाजवादको आधार निर्माण गर्ने भन्ने उद्धेश्यमा एकमत छौं। बहुदलिय प्रतिष्पर्धालाई स्वीकार गरेर जाने कुरामा पनि हामी एकमत छौं।माक्सवाद लाई जड वस्तुको रुपमा होइन,कुनै धर्म शास्त्रको रुपमा होइन,मानिसहरुको निम्ती सामाजिक रुपान्तरणको निम्ती एउटा गाइड लाईनको रुपमा हामि लिन्छौ। हामीले आजको अन्तराष्ट्रिय र राष्ट्रिय आवश्यकता अनुसार यसलाई विकसित गर्नुपर्छ भन्ने कुरामा पनि हामी दुवै पार्टिको सहमती छ।
एमालेसँग मिलेर जाने अवस्था रहेछ भने यति धेरै मान्छे मारिने गरेर सशस्त्र संघर्ष गर्नुको अर्थ के रह्यो ?
अब यो एमालेसँग मिल्ने कुरा र नमिल्ने कुरासँग सशस्त्र संघर्षको सम्बन्धलाई जोड्न विल्कुल आवश्यक छैन।हामिले यदि जनयुद्ध नगरेको भए र हजारौंको वलिदान नभएको भए अहिले नै देशमा गणतन्त्र आउन सम्भव थिएन।संघियता आउन सम्भव थिएन। समानुपातिक,समावेशी चरित्रको प्रतिनिधित्व हुन सम्भव थिएन। धर्म निरपेक्ष हुन सम्भब थिएन। यस अर्थमा हामिलाई गौरव छ। अब शान्तिपूर्ण र बहुदलीय प्रतिष्पर्धा मार्फत समाजवादको आधार निर्माण गर्नुपर्छ भन्ने कुरा एमालेसँग एकताको चर्चा हुनुभन्दा नै पहिला हामीले निर्णय गरिसकेका छौँ।परिस्थिती फेरियो नि !
तपाईहरुले शहिदप्रति गद्धारी गरेको भन्दै अन्य माओवादी क्रान्तिको झण्डा उठाउछौं भनिरहेका छन् नि।
जो साथीहरुले धोका भयो अथवा विचलन भयो भनेर भन्नूभएको छ उहाँहरुले वास्तवमा माक्सवादको गुदि कुरा बुझ्नुभएको छैन। उहाँहरु विचलनमा हुनुहुन्छ। उहाँहरुले माक्सवाद भनेको मार्गदर्शक सिद्धान्त मात्रै हो, विकाश गर्नपर्ने त हामी आफैँ जिवित मान्छेले हो भन्ने उहाँहरुले बुझ्नसक्नु भएन। र जनता भन्दा बाहिर,आन्दोलन भन्दा बाहीर परिस्थिती भन्दा बाहिर गएर उहाँ बस्नुभयो र आफूले आफैँलाई अलग्याएर हास्यपात्र बन्नुभएको छ। तपाईँ बैध स्थिती हेर्नुस्, अब के-हो त्यो।विप्लबहरुको स्थिती हेर्नुस् यो कताकता सानो चाँहि गिरोह चलाएर हिड्ने जस्तो। यत्रो लाखौँ करोडौं जनतालाई लिएर हिड्ने सम्भावना छ यतिबेला कम्युनिस्टहरु एकतावद्ध हुँदा समाजवादको निर्माण राज्यलाई लिएरै हिड्न सक्ने स्थिती भएको बेलामा एक्लै-एक्लै हिड्ने कुरा नै माक्सवाद होइन।
एकतापछि पार्टि अध्यक्ष को हुन्छ ?
अब यो कुरामा चाँहि अहिले नै हाम्रो कुनै छलफल र निर्णय सहमति भएको छैन।
संयुक्त रुपमा पार्टिको नेतृत्व गर्ने हो कि आलोपालो नेतृत्व गर्ने हो?
पहिलो कुरा त अहिले देशमा राजनितिक स्थिरता र स्थायित्वको निम्ति बहुमतको सरकार बनोस् भन्ने हाम्रो पहिलो जोड छ। हिजो पार्टि एकता र बाम गठबन्धन नहुँदा पनि संविधान घोषणा भएपछि कुरा मिलेको थियो भने, अहिले त हामी पार्टिलाई एकतावद्ध गर्ने कुरा गरिराखेको छौँ भने मैले यसलाई सहजै देखेको छु। पार्टी एकता कै क्रममा सजिलै टुंगाइन्छ। मोटामोटि अहिले हाम्रो समझदारी आलोपालो मिलाउन पर्छ भन्ने नै हो।
तपाईहरुलाई एकै ठाउँमा ल्याउन अन्तराष्ट्रिय भूमिका पनि रहेको भन्ने टिप्पणी आएका छन् नि ?
यो विल्कुल गलत कुरा हो। यो विशुद्ध सत्तरी बर्षको नेपालको इतिहासको समिक्षाको आधारमा र आउँदै गरेको निर्वाचनमा आफूलाई राम्रो स्थितिमा पुर्याउने उद्धेश्यको आधारमा हामीले नै गरेको हो। अझ मैले ओलीलाई अब बाम तालमेल भन्दा पनि कम्युनिस्ट पार्टि नै एकतावद्ध गरौं हिजो पनि पार्टि एकताको कुरा चलेकै हो।मैले भनेपछि उहाँले त्यसलाई सहज रुपमा स्वीकार पनि गर्नुभयो।
बाम एकताले दक्षिण छिमेकी ( भारत) लाई अफ्ठ्यारो पर्दैन ?
हामि गठबन्धन बनेर गइसकेपछि थोरै तर बलिया पार्टि हुन जरुरी छ भन्ने मान्यताबाट निर्देशित भएकाले भारत झस्किनुपर्ने र यो भारत विरुद्ध भन्ने कुरा विल्कुलै होइन। यसले अझ परिपक्क ढंगले नेपालले भारतसँग पनि सम्बन्धलाई समानताको आधारमा सुदृढ गर्दै लान सक्छ। भारतका औचित्यपूर्ण स्वार्थहरु सुरक्षा सम्बन्धी होस्,
आर्थिक सम्बन्धी होस् त्यसलाई सम्बोधन गर्न नेपालले कन्जुस्याई गर्न सक्दैन र गर्न पनि हुँदैन।चीनसँग पनि त्यस्तै व्यबहार हुन्छ।नेपाललाई सम्वृद्ध बनाउने योजनामा भारत चीन दुवैले नेपाललाई धन्यवाद दिनपर्छ।
संविधान जारी गर्ने बेलामा भारतीय विदेश सचिवले भेटेर हामिले भूमिका निर्वाह नगरेको भए अहिलेस्म जंगलमै हुन्थ्यौ भनेर भनेछन्। त्यस्तो पृष्ठभूमिमा तपाईहरुबाट भारत कसरी आश्वस्त हुन्छ ?
त्यो विदेश सचिवले भनेको कुरा ईतिहास भईसक्यो, हामिले संविधान घोषणा गरिसक्यौं,नाकावन्दीको सामना गरिसक्यौं, ओली प्रधानमन्त्री हुँदा भारतले भव्य स्वागत गरेर थुप्रै सम्झौंतामा हस्ताक्षर भयो। त्यसपछि म प्रधानमन्त्री भएर भारतमा गएर थुप्रै सम्झौतामा हस्ताक्षर भयो। धेरै कुरा भएको हुनाले,भारतीय विदेश सचिवले यसो भने भन्ने कुरा धेरै पछि परिसक्यो। अव संविधान कार्यान्वयनको कुरा भइसक्यो। चुनावलाई भारतले समर्थन गरिसक्यो।
पहिला एमालेलाई छोडेर कांग्रेस सँग मिलेर सरकार बनाउनु भयो। पछि कांग्रेससँग चुनावी सहकार्य कुरा चलिरहँदा एमालेसँग जोडिन पुग्नुभयो। प्रचण्डको विश्वास छैन फेरी कांग्रेससँग मिलेर सरकार बनाउन बेर छैन भन्छन् नि ?
यो कुरा एकथरी मानिसहरुले भन्छन् तर मेरो दृष्टिमा त्यस्तो कुरा विल्कुलै होइन। प्रचण्डले परिस्थितीलाई हेरेर राष्ट्रको हितमा कतिबेला के गर्दा ठिक हुन्छ,त्यो साहसको साथ गर्ने गरेको छ,यो सत्य हो। म यस्तै नभएको भए बार्ह बुदे र शान्ति समझदारी हुँदैन थियो र गणतन्त्र आउँदैन थियो। म लचिलो नभएको भए युद्धमा भएका माओवादी युद्ध गर्दागर्दै सिध्दिन्छिन् कि चाँहि पूरै जित्छन्। यस्तो शान्ती सम्झौता गरेर लोकतान्त्रिक सम्झौंता गरेर आउने कमै हुन्छ। पार्टि खतरा हुने खतरा देख्दादेख्दै पनि सेना समायोजन गरे। हतियार व्यबस्थापन गरे। एकथरीले त मलाई प्रचण्ड गद्धार भयो भनेर पनि हिडे। मलाई अस्थिरताको आरोप लगाउनेहरु वास्तवमा जडसुत्रवादी छन्। परम्परवादी छन्। तिनिहरुले विज्ञान बुझ्दैनन्। तिनिहरुले गतिशिलता बुझ्दैनन्। गतिको नियम बुझेका छैनन् भन्ने मेरो आरोप छ।
आफ्नो पार्टिको असन्तुष्टि पछि पनि तपाईको छोरीलाआ जिताउन सघाएको प्रधानमन्त्री देउवाको निम्ति एमालेसँग सहकार्य गर्ने तपाईको निती ठूलो राजनितिक गद्धारी भयो होइन ?
विल्कुल होइन,किनभने मैले शेरबहादुर जिलाई कहिल्यै धोका दिेको छैन। परिस्थिती बदलियो हामी चाँहि चुनावी तालमेल बामपन्थीहरु बिच गर्छौँ,हामी कम्युनिस्टहरु एकता गर्ने संकल्प पनि आज गर्दैछौं यो तपाईको विरुद्ध होइन। सरकार तपाई नै चलाउनु। चुनाव गराउनु हाम्रो साथ समर्थन रहिरहन्छ। देशको राजनितीक घटनाक्रमलाई अब आउने दिनमा बलियो राजनितिक पार्टि नबनाई देशमा स्थिरता नहुने भयो,त्यसैले मैले ये कदम चाल्दैछु भनेर देउवालाई समेत विश्वासमा लिएर गएको हँ। अहिलेसम्म समर्थन गरिरहेको छु।अर्को कुरा कम्युनिस्ट र कांग्रेसको एउटै पार्टी हुँदैन। म र देउवा एउटै पार्टी बनाउन त सकिदैन नि। एउटै पार्टि बन्ने सम्भावना त कम्युनिस्ट भित्रै हो। अनि कांग्रेस भित्र थुप्रै अराजकता थियो। हामि कम्युनिस्ट एक हुन्छौं भन्ने वित्तिकै कांग्रेस भित्र एकैचोटि सबैकुरा साम्सुम्म हरायो नि! कांग्रेस भित्रको अन्तरविरोध समाप्त भयो र बाहिर गएकाहरु पनि आउन थाले।यसले कांग्रेसलाई फाईदा भयो नि !
कांग्रेसलाई आक्रोशित बनाएक जसरी एमालेसँग राजनितिक धुर्विकरणको बाटो रोज्नुभयो त्यसले शान्ती प्रकियाको मुख्य भुमिका निर्वाह गरेको कांग्रेस बिना झन् जटिल बन्ने पो होकी ?
शान्ति प्रकृया एउटा चुनाव हेरेर गरेको त होइन। त्यसो हो भने, हार्ने जान्दाजान्दै पनि गिरिजाप्रसादले संविधान सभाको चुनाव गराए। अहिले पनि म देउवालाई भन्न चाहान्छु, एउटा चुनावमा हुने सिटको गढबढलाई राष्ट्रिय राजनितिको र ऐतिहासिक कर्मलाई अवमूल्यन पक्कै तपाईले गर्नुहुने छैन र नगर्नुस् भन्ने मेरो सुझाव छ।मेरो तर्फबाट शान्ति प्रकृया टुंग्याउन कांग्रेससँग सहकार्य जारी रहन्छ भन्ने विश्वास दिलाउछु।
तपाईहरु नै सहभागी सरकारले बालकृष्ण ढुंगेललाई जेल हाल्यो,यसमा खासै टिप्पणी सुनिएन चुनावको कारणले हो ?
सरकारले अलिकति गलत काम गरेको भन्ने मलाई लाग्छ।यो बिषयलाई अहिले हामी चुनावको मुखमा चुनाव प्रभावित हुने काम गर्न चाहेका छैनौं,चुनाव लगत्तैपछि बालकृष्ण ढुंगेललाई छुटाउने बारेमा र यो मुद्धाहरु सत्यनिरुपण मेलमिलाप आयोगले हेरोस् भनेर सक्रिय पहल गर्छौं।