रविको पहलमा राष्ट्रघातीहरु यसरी समातिदैछन र यति गर्दा पनि रविलाई श्रापहरुप्रति रविले पोखे आक्रोश

आजभोली भटाभट घुस खानेहरु समातीन थालेका छन् । हाम्रो स्टीङ अप्रेसनले अझै कति जना लाइनमा लागेका छन् त्यो समयले बताउछ तर अख्तियार दुरुप्रयोग अनुशन्धान आयोगको सक्रियताले एउटा गजबको आशा पनि पलाएको छ र अझै पनि यो सक्रियता पर्याप्त छैन ।

यतिखेर म घुसकाण्डमा परेर समातीएका र अनियमीतता गरेका दृश्य सहित टेलीभिजनमा देखाइएका केही ब्यक्तिहरुको परीवारलाई सम्झन चाहान्छु । मलाई राम्रारी थाहा छ त्यस्ता ब्यक्तिहरुको परीवारको सदस्यहरुलाई हामी मनै पदैृन र शायद हामीलाई घृणा गर्नु हुन्छ । अझ हुन सक्छ कतिले त दुश्मनी नै साँध्नु भएको छ ।

हाम्रा कारणले आफ्नो श्रीमानको भण्डाफोर पछि आफ्नो सामाजीक प्रतिष्ठा गुमाउनु भएका श्रीमती ज्युहरु । तपाईका श्रीमानलाई भष्ट्र बनाउनमा तपाईकै हात त छैन । ठुलो घर,टनाटन सम्पत्ती,प्रसस्त गहनाको तपाईको तिब्र चाहनाले तपाईको श्रीमानलाई भष्ट्र बनायो । तलब भत्ताले धान्न नसक्ने जीवन शैली हुँदा कुनै दिन तपाईले आफ्नो श्रीमानलाई सोध्नु भयो कि यतिका पैसा कसरी कमाइरहनु भएको छ ? पैसाको मातमा तपाईले यस्तो प्रश्न कहिले पनि सोध्नु भएन बरु आफ्नो सपिङ लिष्ट थपेको थपेई गर्नु भो ।

तपाईको लोभले तपाइृका श्रीमानहरु बेइज्जत सहदै जेलमा जाकिएका तर तपाइ भने हामीलाई सराप्दै हुनुहुन्छ । नवयुवकहरुलाई एउटा अनुरोध गर्न चाहन्छु आज आफ्ना अविभावकलाई हिम्मत गरेर सोध्नुहोस बुवा,आमा तपाइले कमाएको यो सम्पत्ती बारे केही बताउनुहोस । जतिपनि सम्पत्ती जोड्नु भएको छ के यो भ्रष्टाचार नगरी वा घुस नखाइ कमाएको हो ?

आज विदेशमै भएकाहरुले पनि आफ्ना बाबु आमालाई फोन गरेर यो प्रश्न सोध्नुहोस । आँफुलाइ जन्म र कर्मदिने बाबु आमा जेल गएको र टेलीभिजन लगाएतका संचार माध्यममा देखीएको हेर्दा तपाइृको प्रतिष्ठामा ठेस पुग्छ र शायद त्यसै कारणले हामी भण्डाफोर गरिदिने र टिभी मा देखाइदिन प्रती आक्रोस पोख्नु हुन्छ होला ।

समस्या हाम्रो कार्यक्रममा छैन समस्या तपाईको घरमा छ । आफ्नो आफन्तलाई यस बारेमा प्रश्न गर्नुहोस आजै,अहिल्यै। धन कमाउने प्रतिश्पर्दामा बाँचेको यो समाजका केही वृद्व आमा बाबु पनि कम धन कमाउने छोराछोरी प्रति विभेद देखाउनु हुन्छ । पैसा कमाउन नस्क्ने छोरालाई हेपेको दृष्टीकोणले हेर्ने बाबु आमा, छिमेकीका गरगहना देखेर श्रीमानलाई दवाव दिने श्रीमती र साथीभाइका बाइक देखेर बाबु आमालाई घुरक्याउने छोराछोरीहरुले यो समाजमा भष्ट्रचार बढाउन सघाएका छन् ।

अझै धेरै जनालाई घुस आएको देखाउन लुकेर कतै बसीरहेका हाम्रा निर्जीव क्यामेराहरु र ज्यानको बाजी लगाएर अहोरात्र खटिएका हाम्रा टिभि जर्नलिष्टहरुलाई सराप्नेलाई उल्टो पाप लाग्छ ।

१४६ औ भागमा बिशेष रुपले उठाएको एक मुद्धा

मेनपावरले पिडित बनाएका सुनसरीका मनोज मडण्लको बिषयमा हामीले सिधा कुरा जनतासंगको कार्यक्रम १२२ र्औँ श्रृङखलामा रिपोटीङ गरेका थियाँै ।

मनोजलाई विदेश पठाईन्छु भनि ४५ हजार रुपयां लिएका मेनपावर व्यवसायीहरुले उन्लाई थप ४० हजार रुपयां दिन भनेपछि उनि हाम्रो कार्यालय आएका थिए । हामीले यस विषयमा रिपोटिङ गरेपछि अहिले मनोज मण्डलले ठग मेनपावर र दलालबाट पासर्पोट र पैसा फिर्ता पाएका छन् ।

विदेश जानका लागि ८० हजारमा आफ्नो घर खेत धितो राखेर काठमाण्डौ आएका उनि ४ महिना मेनपावर र दललहरुको चङ्गुमा परे । पैसा खाएरे पासपोट शुद्ध लुकाईदिएपछि मनोज रुदै हाम्रो कार्यालय आएका थिए । हाम्रो कार्यालय आउन्दा उन्को गोजीमा दुई सय रुपयां मात्र थियो ।

मनोज मण्डललाई साउदी अरेवीया स्थीत सुपर मार्केटमा किलिनरका रुपमा पठाइदिने भन्दै सिनामंगलमा रहेको पशुपति ओरीन्टेसन एण्ड टेर्नीङ सेन्टरलका सञ्चालक किशुलाल महतोले ४५ हजार रुपयौँ लिएका थिए । ओरीन्टेसन एण्ड टेर्नीङ सेन्टरको काम भनेको स्वास्थ्य परीक्षण र तालीम दिने हो तर यो टेर्र्नीङ सेन्टरले मेनपावरको काम गरीरहेको छ ।

दलाल र मेनपावर व्यवसायीले मनोजको भिषा आइसेक पछि थप ४० हजार मागे । ४० हजार दिए मात्र पासपोट दिने भनियो । मनोजको पासपोट राखि यसरी पटक पटक पैसाको बार्गेनिङ गरेपछि हामीले उन्को पासपोट राख्ने किशुलाल यादवलाई पटक पटक सम्पर्क गर्न खोज्यौ । उनि कहिलै पनि हाम्रो सम्पर्कमा आएन्न् । पज वाईट किशुलाल लाई रविदाईले लाईभ भनको ।

मनोजलाई बिदेश पठाईदिन्छु भनि पैसा लिने किशुलाल यादव हाम्रो सम्पर्कमा नआएपछि हामीले आफ्नो परिचय लुकाएर उन्को कार्यालयमा भेट्ने बोलायौ । कहिलै सम्पर्कमा नआउने यादवलाई त्यस दिन कार्यालयमा भेट्यौ र मनोजको पासपोट र पैसा फिर्ता गर्न भन्यौ ।

यादवले बिहिवार मनोजको पासपोट रउन्ले दिएको ४५ हजार रुपयां फिर्ता दिए । तर अहिले पनि मनोजलाई साउकोमा राखेको घर कसरी फुकाउने भन्ने चिन्ताले सताईरहेको छ । वाईट मनोजको साथी भाईसंग मागेत तिर्छु भन्ने ।ऋण गरेको पैसा सबै मेनपावरले लिएपछि र काठमाण्डौ आउजाउ मै सकिएका मनोजलाई हाम्रो एक दर्शक मुकेश यादवले होटलको पैसा र बाटो खर्च दिएर सहयोग गरे ।

हेर्नुस आजको बेजोड भाग

रक्सी पिएका ईन्स्पेक्टरले डक्टरहरुलाई यसरी कुटे । हाम्रो फलोअपले जेल पुगे विश्वराज पाण्डे !!

विदेश गएर परिवार पाल्छु भनि काठमाण्डौ आएका मनोजको ४० हजार रुपयां मेनपावर धाउनैमा सकियो । अव भने उनि विदेश नगई देशमै केही गर्छु भनिरहेका छन् । तर ८० हजारमा बन्दगी राखेको घर खेत कसरी फिर्ता लिने मनोजका लागि चिन्नाको विषय छ ।

न्युज२४बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार