आरुघाट, कार्तिक ३० गते । आरुघाट गाउपालिकाको एमालेले जितेको वडाहरुमा नेपाली काङ्ग्रेसको प्रदेशसभाको उम्मेदवार राजेन्द्र बजगाइको हाइ हाइ भएको छ ।काङ्ग्रेस उम्मेदवार बजगाइको चुनावि घर दैलो कार्यक्रममा आपृक, आरुआर्बाङ, फुलपाती भञ्ज्याङ्, अलैचे, कल्लेरी, चुरुङ लगायत गाउँमा उहाँ भव्य स्वागत गरिएको हो ।
बजगाइलाइ लोकप्रिय युवा नेता, भ्रष्टाचार गर्नु नपर्ने आफैंमा सम्पन्न भयकोले जिताउनु पर्ने कुरा अलैचेको प्रेम बहादुर बरामले बताउनु भयो ।
चुरुङको निर्मल बरामले रोजगारी, कार्यकर्ताको व्यवस्था
पन गर्न सक्ने नेता बजगाइलाइ जिताइने बताउनु भयो ।
आरुआर्बाङका यामबहादुर खड्काले बाहिर बाट “टुरिष्ट” बनेर आइयको नेतालाइ जिताउन नसकिने भन्दै हाम्रै क्षेत्रका बजगाइ र चिनकाजी श्रेष्ठलाई जिताउन जनता आतुर भएको छ ।