बामे बमको आतंक ….नारायणकाजीलाई लक्षित गरी गोरखामा बम विष्फोट ३० कार्तिक २०७४, बिहीबार ११:१८ कात्तिक, गोरखा । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।